चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका हुन् ।
जुम्लामा आगलागीबाट तीन तले घर पूर्ण रूपमा नष्ट भएको छ । तातोपानी गाउँपालिका–८ बङतडिस्थित एक घरमा बिहीबार राति आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गरिएको हो ।
माथिल्लो हुम्लामा चिसोका कारण रोकिएका विकास निर्माणका कामहरू पुनः सुचारु भएका छन् । अत्यधिक चिसोका कारण सिमेन्टसम्बन्धी काम गर्न नसकिएपछि मङ्सिरदेखि माघसम्म रोकिएका योजना फागुन महिना लागेसँगै तापक्रम वृद्धि भएपछि धमाधम सञ्चालनमा आएका हुन् ।
आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को तत्वावधानमा यो दिवस मनाइन्छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जनालाई पक्राउ गरिएको हो ।
संयुक्त अरब इमिरेट्स ९युएई०का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाउनुभएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
नेपाल प्रहरीको उच्च कमान्ड सम्हालेर अवकाश पाएका व्यक्तिहरू प्रायः सल्लाहकार वा कूटनीतिक भूमिकामा सीमित हुने गर्छन् ।
कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर ल्याइएका भन्सार छलीका चुनावी प्रचारप्रसार सामग्री बरामद गरिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भारतमा तयार गरी नाका भएर लुकाइछिपाइ नेपाल ल्याइएका चुनावी प्रचारप्रसारजन्य सामग्री बरामद गरिएको जनाएको हो ।
निर्वाचनको समयमा स्थानीय तस्करहरू चोरीछिपी काठ कटानीमा सक्रिय हुने गरेको भन्दै डिभिजन वन कार्यालय रौतहटले वन सुरक्षा गस्ती तीव्र बनाएको जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशबाट यही फागुन २१ गतेको निर्वाचनका लागि आफ्नो वाचापत्र सार्वजनिक गरेको छ । बिहीबार कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह, उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले, डिपी अर्याललगायतका नेताले एक सय वटा नीतिगत आधार उल्लेख भएको वाचापत्र सार्वजनिक गर्नुभएको हो ।
आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि १४ दिन बाँकी रहेको छ । मकवानपुरको निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार आआफ्नो प्रतिबद्धतासहित मतदाताको घरदैलोमा पुगिरहेका छन् । आफ्ना चुनावी एजेन्डासहित मतदाता भेटघाट, प्रचारप्रसारलगायत गतिविधिमा उम्मेदवार सक्रिय छन् ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री तनहुँ आइपुगेको छ । निर्वाचन आयोगले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतदान सञ्चालनका लागि पठाएको मतपत्र, मतपेटिका, छाप, स्ट्याम्प प्याड, मतदाता नामावली लगायत सामग्री पठाएको हो ।
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको आमनिर्वाचन प्रचारप्रसारमा सूचना प्रविधिको व्यापक प्रयोग भएको छ । प्रविधिको सही प्रयोगले सूचना आदानप्रदानलाई छिटो, सुलभ र प्रभावकारी बनाएको छ । प्रविधिलाई राष्ट्र र जनताको हितमा प्रयोग गर्नु पर्छ । प्रविधिको सदुपयोगले मुलुक लाभान्वित हुन्छ तर प्रविधिको दुरुपयोग गरियो भने यसले ठुलो समस्या र चुनौती थपिदिन्छ । यस पटक चुनाव प्रचारप्रसारको शैली र चुनावप्रतिको बुझाइ फरक छ । चुनाव प्रचारप्रसारमा सामाजिक सञ्जाल र कृत्रिम बुद्धि (एआई) को प्रयोग बढ्दो छ । यसले चुनाव प्रचारप्रसा