• ८ फागुन २०८२, शुक्रबार

भन्सार छलीका प्रचारप्रसार सामग्री बरामद

blog

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, फागुन ८ गते ।
कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर ल्याइएका भन्सार छलीका चुनावी प्रचारप्रसार सामग्री बरामद गरिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भारतमा तयार गरी नाका भएर लुकाइछिपाइ नेपाल ल्याइएका चुनावी प्रचारप्रसारजन्य सामग्री बरामद गरिएको जनाएको हो ।

प्रहरीका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीको छाप भएको ५९ थान टि–सर्ट, ३० वटा टोपी र ४० थान भन्सार छलीका कपडा बरामद गरिएका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टीको प्रचार प्रसारमा प्रयोग गर्नका लागि ती सामग्री भन्सार छली गरेर ल्याउने क्रममा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले बताउनुभयो ।

भारतबाट लुकाइछिपाइ ल्याइँदै गरेको अवस्थामा बरामद गरिएका प्रचारप्रसारजन्य सामग्रीको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो ।