सिरहा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत भारतीय सीमासँग जोडिएको भागानपुर गाउँपालिका वडा नम्बर ४ ठाडी बजारका मतदाताहरू विगतका अधुरो प्रतिवद्धताका कारण यस पटकको निर्वाचनमा विश्वसनीय प्रतिवद्धता खोजिरहेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट डोटी जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुनुहुन्छ।
मिथिलाको बहुचर्चित माध्यमिक परिक्रमाको धार्मिक लस्कर शुक्रबार बिहान जलेश्वर आइपुग्दा स्थानीयहरूले भव्य स्वागत गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५० निर्धारण भएको छ ।
गुल्मीमा मतदान स्थलमै ‘प्राथमिक उपचार डेस्क’ स्थापना गरिने भएको छ। यही फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै यस जिल्लामा रहेका मतदानस्थलमा ‘प्राथमिक उपचार डेस्क’ स्थापना गर्न लागिएको हो।
सप्तरीमा बालिकालाई अपहरण गरी फिरौती माग्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अपरणमा परेकी खड्क नगरपालिका वडा नम्बर ८ बिसनपुर निवासी ७ वर्षीय नेहा खातुनको सकुशल उद्धार गरी फिरौती माग्ने सोही नगरपालिका वडा नम्बर ९ लालपट्टी टोलका ३० वर्षीय ईम्तियाज अहमदलाई प्रहरीलाई नियन्त्रणमा लिएको हो ।
पोखरामा विगत २५ वर्षदेखि निरन्तर भइरहेको आहा रारा पोखरा गोल्ड कपको २५ औँ संस्करणको फाइनल शनिबार हुँदैछ । पोखरा रङ्गशालामा हुने फाइनल खेल दिउँसो २ बजे आयोजक सहारा क्लब र जाउलाखेल युथ क्लबबिच हुनेछ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल परिचालन हुनुपर्ने निर्देशन अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले दिनुभएको छ।
बाजुरामा चुनावी सरगर्मी तीव्र बनेको छ । यहाँका सात दल र एक स्वतन्त्र उम्मेदवार आ–आफ्ना अभियान तीव्र पार्दै मतदाता भेटघाट र घरदैलोमा सक्रिय रहेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा यसपटक राजनीतिक दलहरूले पुराना चुनावी शैली परिवर्तन गरेका छन् । ठुला सभाभन्दा पनि टोल–बस्तीमा बैठक, घरदैलो र साना कार्यक्रम सञ्चालन गर्दै सामाजिक सञ्जालमार्फत प्रचारलाई प्राथमिकता दिइएको छ ।
नेपाल जनता पार्टीले प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी प्रचारप्रसार अभियान सुरु गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदातालाई आकर्षित गर्न नयाँ शैली अपनाएर बिहीबार अभियानको औपचारिक सुरुवात गरिएको हो ।
पोखरा विश्वविद्यालयको २१ औं दीक्षान्त समारोह आज (शुक्रबार) हुँदै छ । समारोहमा दीक्षित हुने विद्यार्थीको सङ्ख्या छ हजार छ सय २२ जना छ ।
नइ एकेडेमीले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत १२ जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
रौतहटमा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका सवारी साधन उम्मेदवारहरूले चुनावी प्रचारप्रसारमा प्रयोग गरिरहेको पाइएको छ ।
काठमाडौँको मध्यभागमा अवस्थित खुलामञ्च चिटिक्क परेको छ । मैदानमा हरियो दुबो, मञ्च सप्तरङ्गी कलरले सजिएको छ भने चारैतिर आकर्षक पैदलमार्ग बनाइएको छ । खुलापनको प्रतीक अर्थात् अभिव्यक्ति स्वतन्त्रताको सङ्गमस्थल खुलामञ्च सुन्दर र आकर्षक देखिए पनि ‘बन्द’ छ ।