नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यही फागुन २१ गते हुने निर्वाचनमा मतदातालाई उत्तेजना र आवेगमा नआई सोचविचार गरेर मतदान गर्न आग्रह गरेका छन् । मत हाल्ने बेला व्यक्तिगत रिस, झोक वा उत्तेजनाबाट प्रभावित नहुन आग्रह गर्दै उहाँले यस्तो आग्रह गर्नु भएको हो ।
बाँके जिल्लामा विभिन्न दलबाट उम्मेदवार बनेकाले आआफ्नो प्रतिबद्धता तथा वाचा सार्वजनिक गर्न थालेका छन् । सो क्रममा बाँके–२ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठले बुधबार आफ्नो वाचापत्र सार्वजनिक गर्नुभएको छ भने बिहीबार एमालेका उम्मेदवार इस्तियाक राईले पनि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । यसअघि सोही निर्वाचन क्षेत्रका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपेन्द्र विष्टले सार्वजनिक गरिसक्नुभएको छ ।
हिमालपारिको गाउँपालिका चुमनुब्री गाउँपालिकाको सामागाउँ र साम्दोका बासिन्दाले तीन महिनापछि पुनः बिजुली बाल्न पाएका छन् । सामागाउँ जलविद्युत् आयोजनाको उपकरण मर्मत सम्पन्न भएसँगै विद्युत् सुचारु भएको छ । लघुजलविद्युत् आयोजनाका अध्यक्ष वीरबहादुर लामाका अनुसार जलविद्युत् आयोजनाको मेसिनमा प्राविधिक समस्या आएपछि तीन महिनादेखि बन्द रहेको आयोजना हाल पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले निर्वाचन नभए देश नयाँ गोलचक्करमा फस्ने बताउनुभएको छ ।
फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न आतुर रहेका मतदाताले आफ्नो माग सम्बोधन गर्ने उम्मेदवारलाई मतदान गर्ने मनसाय बनाएका छन् । अहिले बर्दियाका गाउँ गाउँमा मतदाता राजनीतिक दलका उम्मेदवार पर्खेर बसिरहेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जा क्षेत्र नं.–१ बाट नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकालले दस बुँदे सङ्कल्प सार्वजनिक गर्नुभएको छ ।
नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिने सिलसिलामा लिस्बनमा रहनुभएका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र पोर्चुगलका परराष्ट्र तथा सहयोग मामिलासम्बन्धी सचिव डा अना इसाबेल जेभियरले बिहीबार विशेष समारोहका बीच लिस्बनस्थित नेपाली दूतावासको चान्सरीको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
सुर्खेत निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका पाँच जना उम्मेदवारले जिल्लाको विकास निर्माणमा पुरानै योजनाको प्रतिबद्धता दोहो¥याएका छन् । नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका कविराम पुरी, उज्यालो नेपाल पार्टीका गम्भीरसिंह भुल र स्वतन्त्र उम्मेदवार कृष्ण खत्रीले एकै ठाउँबाट जिल्लाको विकास र समृद्धिका लागि उही पुरानै योजना दोहो¥याएका हुन् । सुर्खेत महिला जेसिजले बुधबार प्रश्न तपाईंको जवाफ उम्मेदवारसँगको प्रत्यक्ष संवाद कार्यक्रम आयोजना गरी पाँच उम्मेदवारलाई एकै ठाउँमा राखेको थियो ।
जाजरकोटका भूकम्पपीडितले मत माग्न आएका उम्मेदवारसँग दोस्रो किस्ता नपाएको गुनासो गर्न थालेका छन् । भूकम्प गएको दुई वर्ष बित्दा पुनर्निर्माण सम्पन्न हुने समयसम्म जनताबाट अस्थायी आवासको दोस्रो किस्ता रकम नपाएको गुनासो गरेका हुन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोट माग्न हिँडेका उम्मेदवारले सडक, बिजुली, रोजगारी र विकासको प्रतिबद्धता जाहेर गरे पनि सामाजिक कुरीतिका मुद्दामा भने उनीहरू मौन देखिएका छन् ।
“लोकतन्त्र र सङ्घीयता आएको दुई दशकमा देश र जनताका लागि के भयो ? रोप्ने बेलामा आलुको बिउ ५० रुपियाँ किलो हुन्छ । किसानले उब्जाएपछि १० रुपियाँमा पनि बिक्दैन । अनि गाउँका युवा विदेश नगए के गरी बस्ने ? यही हो लोकतन्त्र ?”
चुरे पहाडको भावर भित्री मधेश जोगबुढा सुगम बनिरहेको छ । पछिल्ला वर्षमा मुख्य सडकमा कालोपत्रे, खोलामा पक्की मोटरेबल पुल, ५० शय्याको अस्पताल, सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस, सिँचाइका कुला, घर घरमा धारा, विद्युतीकरण, खेलमैदान, टेलिफोनका टावर निर्माण भएसँगै भित्री मधेश क्षेत्र जोगबुढा सुगम बनिरहेको हो ।
प्रेस काउन्सिल नेपालले सप्तरीको राजविराजमा निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तरक्रिया गरेको छ । ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल’ मुल नाराका साथ काउन्सिलले बिहीबार सरोकारबालाहरुसँग अन्तरक्रिया गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा