राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणको गति बढाउन निर्देशन दिनुभएको छ । भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उहाँले आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सक्न निर्देशन दिनुभएको हो ।
प्रहरीले लुकाइछिपाई राखेका चार नाल भरुवा बन्दुक बरामद गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टीबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बन्नुभएका नरेन्द्र पाण्डे जेम्सले चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ को पहिलो बैठकका क्रममा वासिङ्टनमा रहनुभएका इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो अमेरिकासँग महत्त्वपूर्ण व्यापार सम्झौतामा पुग्नुभएको छ ।
कैलालीको चुरे क्षेत्रमा अवैध उत्खनन गरिरहेका पाँच जनालाई वनको टोलीले पक्राउ गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले जलवायु सहनशील वित्त पोषणले सडक भवनमै सीमित नगरी महिलाद्वारा सञ्चालित उद्यम, लैङ्गिक संवेदनशील पूर्वाधार र सामुदायिक संरक्षणमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ ।
कास्कीको क्षेत्र नम्बर ३ स्थित छोम्रोङ मतदान स्थल भौगोलिक रूपमा सबैभन्दा विकट भनेर निर्धारण गरिएको छ ।
व्यास नगरपालिका–१३, बेलबासका पशुपालन गर्दै आएका किसानले सुक्खा मौसमा पनि दुध उत्पादनमा वृद्धि गरेका छन् । दूधबाट राम्रै आम्दानी हुने देखेपछि यहाँका किसानले उत्साहित भएर गाईको सङ्ख्या थप्दै गएका छन् ।
चुनावी प्रचार गर्ने आआफ्नै शैली र तरिकाहरू फागुन २१ गतेको प्रतिनिधिसभाको सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा पनि देखिएका छ ।
जिल्लाका १६ वटा सामुदायिक वनमा कर्णाली प्रदेश सरकारको पहलमा दिगो वन व्यवस्थापन कार्यक्रम कार्यान्वयनमा आएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) दाङले तुलसीपुर बजार क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले गरेको असामाजिक तथा गैरराजनीतिक क्रियाकलापप्रति कडा आपत्ति जनाएको छ।
पश्चिमका प्रमुख नाकाहरू मध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले सात महिनाको अवधीमा ११ अर्ब ४ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।
नेपालगन्ज साइकलिङ क्लबको आयोजनामा आजदेखि नेपालगन्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा, २०२६’ साइकल महोत्सव सुरु भएको छ । महोत्सवमा सहभागी साइक्लिस्टले बाँकेको विभिन्न स्थानको भ्रमण गर्नेछन् भने शनिबार बर्दियाका विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रमा पुग्नेछन् ।
“मर्चवार आउने सडकको अवस्था राम्रो छैन, यहाँको मुख्य समस्या भनेकै बाटोको हो, सडक राम्रो नहुँदासम्म जीवन सहज हुँदैन”, रुपन्देही निर्वाचन क्षेत्र नं ४ मा पर्ने मर्चवारी–३ सिसो सेमराका ओमप्रकाश कान्दुले भन्नुभयो ।