• ७ फागुन २०८२, बिहिबार

बाजुरामा असीना पानी, हिउँदे बाली नष्ट

blog

त्रिवेणी –७ मा परेको असिना पानी । तस्बिर सौजन्यः गोरख ऐडी

शेरबहादुर सार्की

बाजुरा, फागुन ७ गते  । बाजुरामा भारी असीना पानी परेको छ । आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म यहाँको त्रिवेणी नगरपालिकाको विभिन्न ठाउँमा भारी असीना पानी परेको हो ।

त्रिवेणी नगरपालिका –७ का स्थानीय गोरख ऐडीले मालाकोट धामीबाडा कोसेडी र तोलीको जुम्ली डाँडासम्म बाक्लो असिना पानी परेको बताउनुभयो । उहाँले भन्नुभयो, “आज एक घण्टासम्म लगातार रुपमा परेको असिना पानीले यहाँको गहुँबाली तथा आलुु प्याज टमाटरलगायतको तरकारी नष्ट पारेको छ ।”

यहाँका किसानले हिउँदमा लगालग गरेर लगाएको खेती सबै असिना पानीले नष्ट पारेपछि अब वर्खाको समय के खाने भन्दै उनीहरु निकै चिन्तामा परेको ऐडीले बताउनुभयो ।