शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन ८ गते । चलचित्र ‘झरीपछिको इन्द्रेणी’ युट्युबमा सार्वजनिक भएको छ । अर्जुन घिमिरे (पाँडे) को निर्देशन रहेको चलचित्र बिहीबार बालेन शाहको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
माघ २५ गते प्रदर्शनमा आएको चलचित्रले हलमा प्रदर्शनको ५१ औँ दिन मनाएको थियो । चलचित्र हलमा पुस ४ गतेबाट प्रदर्शनमा आएको थियो ।
नागराज इन्टरटेनमेन्ट प्रालिले निर्माण गरेको चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जनको अभिनय रहेको छ ।