काठमाडौँ, फागुन ८ गते । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ७८ पैसा र बिक्रीदर १४५ रुपियाँ ३८ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपियाँ ५७ पैसा र बिक्रीदर १७१ रुपियाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपियाँ ०८ पैसा र बिक्रीदर १९५ रुपियाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपियाँ ०४ पैसा र बिक्रीदर १८७ रुपियाँ ८२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ०८ पैसा र बिक्रीदर १०२ रुपियाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपियाँ ७८ पैसा र बिक्रीदर १०६ रुपियाँ २१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ २० पैसा र बिक्रीदर ११४ रुपियाँ ६८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ३६ पैसा र बिक्रीदर नौ रुपियाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ९६ पैसा र बिक्रीदर २१ रुपियाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ६० पैसा र बिक्रीदर ३८ रुपियाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ७२ पैसा र बिक्रीदर ३९ रुपियाँ ८९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६४ पैसा र बिक्रीदर चार रुपियाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ४२ पैसा र बिक्रीदर ३९ रुपियाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ०४ पैसा र बिक्रीदर ३७ रुपियाँ २० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ र बिक्रीदर १० रुपियाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ९८ पैसा र बिक्रीदर १६ रुपियाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ८३ पैसा र बिक्रीदर २२ रुपियाँ ९२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५३ पैसा र बिक्रीदर १८ रुपियाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७३ रुपियाँ ९९ पैसा र बिक्रीदर ४७५ रुपियाँ ९५ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपियाँ ९७ पैसा र बिक्रीदर ३८५ रुपियाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपियाँ ०८ पैसा र बिक्रीदर ३७७ रुपियाँ ६३ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस