लीलाधर वली घोराही, जेठ २० गते ।दाङ घोराही उपमहानगरपालिका–१७, पनौरामास्थित थारू समुदायको सामाजिक तथा सांस्कृतिक पहिचान झल्काउने थारू सङ्ग्रहालय सङ्कटमा परेको छ । जिल्लाकै पुरानो तथा सांस्कृतिक पहिचान बोकेको यो सङ्ग्रहालय १३ वर्षअघि स्थापना गरिएको हो । आर्थिक अभावका सङ्ग्रहालय विगत तीन वर्षदेखि बन्द अवस्थामा छ । देशका विभिन्न स्थानबाट अवलोकन गर्न आउनेहरूको सङ्ख्यामा कमी आएसँगै पछिल्लो समय बन्द भएको हो । सङ्ग्रहालय बन्द गरिँदा अवलोकनका लागि राखिएका सामग्री बिग्रिने खतरा बढेको स्थानीय तेजमान चौधरी बताउनुहुन्छ । विभिन्न सामग्रीहरूमा ढुसी र माकुरीको जालो लाग्न थालेको छ, चौधरीले भन्नुभयो, “नियमित रूपमा खुल्दा सरसफाइ हुन्थ्यो, लामो समय बन्द हुँदा त्यो पनि गर्न सकिएको छैन ।” आर्थिक अभावमा सङ्ग्रहालय रेखदेख गर्ने कर्मचारीको व्यवस्थापनमा पनि समस्या भएको गुनासो उहाँले थियो । दाङ थारू समुदायको उद्गमस्थल भएकाले विश्वभर चिनाउन उक्त सङ्ग्रहालय स्थापना गरिएको थारू समुदायका अगुवाहरू बताउँछन् । राज्यले कुनै पनि सहयोग नगर्दा सङ्ग्रहालय सञ्चालन तथा व्यवस्थापनमा समस्या भएको थारू कल्याणकारिणी सभा दाङका सचिव प्रकाश चौधरी बताउनुहुन्छ ।सङ्ग्रहालय सञ्चालनमा आएको आर्थिक सङ्कटले थारू समुदायको मौलिक पहिचानको संरक्षण तथा संवद्र्धनमा समस्या देखिएको गुनासो उहाँको छ । उहाँले पुनः सञ्चालनका लागि स्थानीय सरकारसँग सहयोगको माग गर्नुभयो । घोराही उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष रामलौटन चौधरी थारू सङ्ग्रहालय सञ्चालन तथा व्यवस्थापनका लागि गुरुयोजना निर्माण गर्ने योजना रहेको बताउनुहुन्छ ।“थारू समुदायको कला संस्कृति संरक्षणसँगै अध्ययन गर्न आउनेहरूलाई जानकारी दिने उद्देश्यले स्थापना गरिएको सङ्ग्रहालय समस्यामा छ,” वडाध्यक्ष चौधरीले भन्नुभयो, “अहिले गुरुयोजना निर्माणको काम भइरहेको छ, त्यसपछि सञ्चालन गर्न सकिन्छ ।” सङ्ग्रहालय थारू समुदायसँग मात्र नभई जिल्लाको पहिचान र पर्यटन प्रवद्र्धनसँग जोडिएकाले यसको बृहत् विकासका लागि स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने थारू समुदायका अगुवाहरू बताउँछन् । करिब २५ लाख रुपियाँ लागतमा निर्माण गरिएको सङ्ग्रहालयमा थारु समुदायको परम्परागत सामग्रीहरू माटाका भाडाँकुडा, वेशभूषा, गरगहना, भौका–भौकी, हलो, वर्षातमा ओढ्ने छत्री, धान राख्ने माटोका भाँडा ‘डेहरी’ र काठलगायतका सामग्रीहरू राखिएका छन् ।त्यसैगरी सुत्ने खटिया, खटौली, ढक्या गुन्द्री, पटकी गुन्द्री, कपडा राख्ने भौका, पूजापाठमा प्रयोग हुने देवीदेवताका मूर्तिहरू सङ्ग्रहालयमा सजाइएका छन् ।
गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले गाउँ कार्यपालिकाको पहिलो बैठक मार्फत विभिन्न विषयगत समिति गठन गरिएको छ । बैठकमा गाउँपालिकाका आम जनताकाको मनोभावना बुझेर विभिन्न महत्वपूर्ण निर्णय गरेका गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादव भारत भ्रमणमा जानुभएको छ । खाद्य स्वच्छतासम्बन्धी एक कार्यक्रममा सहभागी हुन भारत जानुभएका कृषिमन्त्री यादवले त्यहाँ रासायनिक मल खरिद तथा कारखाना खोल्ने, व्यापार सहजीकरणलगायतका विषयमा कुरा गर्नुहुने कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।
एक महिनादेखि ग्रासरुढ फुटबलको प्रशिक्षण लिदै आउनुु भएका खेलाडीहरुलाई ड्रेस सहयोग गरिएको छ । प्रशिक्षण सुुरु भएको एक महिना अवधि पुुगेको अवसर पारी हुम्ला फुटबल ऐकेडेमी ड्रेस सहयोग गरेको हो ।
पर्याप्त विद्युत् उत्पादन हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले बिहीबारदेखि भारतमा विद्युत् निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको हो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको ३९ मेगावाट बिजुली २४सै घण्टा भारततर्फ निर्यात सुरु भएको छ ।
त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकलाई १० महिनापछि मात्रै तलब दिने नीतिगत व्यवस्था गरेको छ तर उक्त व्यवस्था अव्यावहारिक भएको भन्दै आंशिक प्राध्यापकले विरोध जनाएका छन् । त्रिविले हालै सम्बन्धित क्याम्पसलाई पठाएको कोर्स सम्झौतासम्बन्धी विवरणमा स्नातक तथा स्नातकोत्तर तहमा सेमेस्टर प्रतिपिरियड पाँच सय रुपियाँ र सेमेस्टर प्रणालीमा प्रतिपिरियड एक हजार पाँच सय रुपियाँ दिने उल्लेख छ तर उक्त रकम सेमेस्टर प्रणालीमा भएमा पाँच महिनाभित्र र वार्षिक प्रणाली
नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान ग्रहण कार्यक्रममा जान भ्याइनभ्याइ भएको छ । सम्मान ग्रहणमा समय खर्च भइरहेको छ जनप्रतिनिधिको । दैनिक चार÷पाँचवटा सम्मानका कार्यक्रममा सहभागी हुनुपर्ने अवस्था रहेको नवनिर्वाचित जनप्रतिनिधिले बताएका छन् ।
बागती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बागमती प्रदेशको प्रदेश सभाबाट बहुमतले स्वीकृत भएको छ । नीति तथा कार्यक्रममाथिको छलफलपछि प्रदेश सभाको बिहीबारको बैठकमा निर्णयार्थ पेस भएकोमा बहुमतले स्वीकृत गरेको हो ।
उदयपुरका स्थानीय तहमा प्रमुखमा एक जना पनि महिला विजयी हुन सकेनन् । यस पटक पालिका र वडाको प्रमुखमा कोही पनि महिला पर्न नसकेका हुन् । गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाको उम्मेदवारी नपरेको होइन तर कोही विजयी हुन नसकेपछि स्थानीय तहको प्रमुख पदमा सबै पुरुष मात्र रहेका छन् ।
पाल्पाको तानसेन नगरपालीका ९ दमकडाकी मोना क्षेत्री भुषालले बिगत ३ बर्षदेखी जातीय विभेदको सिकार बन्न पुग्नुभएको छ । उहाँले २०७४ फागुनमा दमकडाका ब्राहमण जातका अनुपम भुषालसँग प्रेम गरी मागी विवाह गर्नुभएको थियो ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतबाट स्वीकृत भएको छ । नीति तथा कार्यक्रममाथिको छलफलपछि बिहीबार प्रदेश सभा बैठकको बहुमतले नीति तथा कार्यक्रम स्वीकृत भएको हो ।
आव २०७९/८० को सङ्घीय बजेटले पर्यटन क्षेत्रका लागि नौ अर्ब रुपियाँ बजेट छुट्याएको छ तर पर्यटन व्यवसायी बजेटप्रति उत्साहित बन्न सकेका छैनन् ।पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्रमा बजेट धेरै भए पनि त्यसले पर्यटन व्यवसायी प्रत्यक्ष लाभान्वित हुने नदेखिएको बताउनुभयो । कोभिड–१९ ले थला परेको पर्यटन क्षेत्रका लागि राहतका रूपमा मौद्रिक नीति आउने आशा रहेको उहाँले सुनाउनुभयो । पर्यटन क्षेत्रलाई अगाडि बढाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी एक वर्षभित्र सञ्चालनमा ल्याउन बजेट व्य
हाम्रा कुनै पनि ठूला आयोजना अनावश्यक रूपमा किन लम्ब्याइन्छ ? यो प्रश्न गम्भीर छ र यसको उत्तरसमेत सजिलो छैन । कुनै पनि ठूला आयोजना कहिल्यै समयमा बन्न सकेका छैनन् । ठूला आयोजना लम्ब्याउन थालिनुमा कतिपय अवस्थामा भ्रष्टाचार र अनियमितताको गन्ध आउन थल्छ । बुटवलको ‘मेलम्ची’ को नामले पुकारिने खानेपानी आयोजना लामो समयदेखि बन्न नसक्दा यस्तै गुनासा आउने गरेका छन् । काठमाडाँैंमा खानेपानी ल्याउने मेलम्ची खानेपानी लामो समय पर्खेरसमेत तयार भएको सन्दर्भमा बुटवलको मेलम्चीले कहिले बन्ने यकिन छैन ।
राजनीतिमा जबजब परिस्थिति फेरिन्छ, नेताहरूका रणनीति पनि बदलिने गर्छन् । स्थानीय तह निर्वाचन परिणामले राजनीतिक दलको हैसियत र परिस्थितिमा बदलाव आएको प्रतीत हुन्छ । हिजो सहज अवस्थामा रहेका दल आज पीडादायी अवस्था भोग्दैछन् भने दुःखी भएकाहरू बौरिने अवस्था निर्माण भएको छ ।
विभिन्न आन्तरिक तथा बाह्य कारणले विगत केही समयदेखि मुलुकका प्रमुख आर्थिक परिसूचक सन्तोषजनक अवस्थामा नरहेको तथ्याङ्क प्रकाशित भएका छन् । वर्तमान आर्थिक अवस्थासँग सम्बन्धित मुद्दामा छलफल हुने क्रममा विभिन्न प्रश्न पनि उब्जिने गरेका छन् ।