धनुषा जिल्लाको सीमावर्ती क्षेत्र मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का किसान रामबुझावन यादवको चार कट्ठा चार धुर क्षेत्रफल खेतमा रोपेको हरियो धान भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले काट्न लगाएपछि उक्त जमिन निल्नु न ओकल्नु जस्तो भएको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सीमास्तम्भ गाडिएपछि उक्त जमिन न बेच्न मिल्यो, न त त्यसमा खेती नै गर्न पाइयो ।”
चीनको होङजाउमा सम्पन्न १९ औँ एसियाली खेलुकद (एसियाड) मा नेपालले दुई वटा पदक मात्रै जित्न सक्यो । सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म भएको एसियाडमा नेपाललाई एक रजत र एक कांस्य पदक मात्र प्राप्त भयो । तर यसपालि जितेको पदक भने विशिष्ट छ । नेपालले पहिलो पटक कराँतेमा रजत पदक जित्यो भने एसियाडमा पहिलो पटक सहभागिता जनाएको महिला कबड्डी टोलीले कांस्य पदक हात पा¥यो ।
पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भई पाँच हजार एक सय पाँच मिटर उचाइको लार्के भञ्ज्याङ नाघेर लामो पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ ।
साँगुरीगढी गाउँपालिका धनकुटाको मात्र नभई कोशीको प्रवेशद्वारका रूपमा रहेको पालिका हो । कुल १९ हजार ५६१ जनसङ्ख्या रहेको यो पालिकाको अध्यक्षमा जितेन्द्र रुम्दाली निर्वाचित हुनुभएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ । तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ ।
गुल्मीमा राहदानी बनाउनेको भीड लागेपछि एक दिन अगावै टोकन लिने व्यवस्था गरिएको छ । दशै तिहार जस्ता पर्वहरूको मौका छोपी राहदानी बनाउन आउनेको भीड लागेपछि एक दिन अगावै टोकन वितरण गर्ने गरिएको प्रशासनले जनाएको छ ।
पहाडी क्षेत्रमा अहिले ढकमक्क सयपत्री फुलेको छ । भाइटीका आउन अझै डेढ हप्ता बाँकी छ । पोखरा–३१ का फूल किसान केशवराज तिवारीलाई भाइटीकासम्म सयपत्री सुक्ने हो कि भन्ने चिन्ता छ । तिवारी जस्तै धेरै परम्परागत रूपमा फूल रोप्नेलाई अहिले यो चिन्ता छ । पोखराका अग्रज नर्सरी व्यवसायी वसन्त बानियाँ यो वर्षको तिहार कात्तिक अन्तिममा परेकाले यस्तो अवस्था आएको बताउनुहुन्छ । “व्यावसायिक फूल खेती गर्नेले दिन गनेर फूल रोप्ने गर्छन् । परम्परागत रूपमा फूल रोप्नेले मौसम अनुसार फूल रोप्दा तिहारअघि नै सयपत्री फुलेको छ ।”
पर्वतको कुस्मा नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क वितरण गर्न खरिद गरिएको सेनेटरी प्याडमा आर्थिक चलखेल भएको आरोप लागेको छ । आर्थिक अनियमितताका कारण सेनेटरी प्याडको भुक्तानी रकम रोकिएको छ । नेपाल सरकारको ससर्त अनुदान अन्तर्गत आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम अनुसार सेनेटरी प्याड खरिदका लागि विराटनगरको जसमिन हाइजिङ प्रोडक्ट प्रालिसँग २०८० असार १२ मा सम्झौता भएको थियो ।
पाल्पाका विद्यालयले ‘किताबरहित शुक्रबार’ कार्यक्रम अन्तर्गत विद्यार्थीलाई व्यावहारिक सिप सिकाएका छन् । जिल्लाको रामपुर नगरपालिकाभित्रका विद्यालयले किताबरहित शुव्रmबार कार्यक्रम सञ्चालन गरेका हुन् । यहाँका विद्यार्थीलाई व्यावहारिक ज्ञान तथा सिप सिकाउने उद्देश्यले व्यावहारिक सिप सिकाएका हुन् ।
इलाका प्रशासन कार्यालय सिँजामा अधिकृतस्तरको कर्मचारी पुगेपछि एकै दिन ६९ नागरिकता वितरण गरिएको छ । अधिकृतस्तरको कर्मचारी नहुँदा सिँजाबाट नागरिकता वितरण रोकिएको थियो । गृह मन्त्रालयले मन्त्रालयमा कार्यरत अधिकृत रेश्मा बुढाक्षेत्रीलाई खटाएको थियो । प्रशासन प्रमुख रेश्मा बुढाले आफू कात्तिक १५ गते काठमाडौँ, नेपालगन्ज, जुम्ला बजार हुँदै सिधै इलाका प्रशासन कार्यालय सिँजामा ५ बजे हाजिर भएको जानकारी दिनुभयो ।
भूकम्पमा परी दुई छोरी गुमाएका आठबिसकोट नगरपालिका–१४, टाकुराका ३८ वर्षीय गणेश मल्ल सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचाररत हुनुहुन्छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी घाइते छोरा र श्रीमती नगर अस्पतालमै उपचारमा हुनुहुन्छ ।
मनाङ ङिस्याङ गाउँपालीका १ स्थित पिसाङ गाँउ र अन्नपूर्ण पदमार्ग नजिकै रहेको स्वर्गद्वारी पहाड ।
शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा बिक्रीका लागि राखिएका बाँसबाट निर्मित भकारी । परम्परागत सीपको प्रयोग गरी निर्माण गरिएका बाँसका भकारी धान, गहुँलगायत अन्न राख्नका लागि किसानले प्रयोगमा ल्याउने गरेका छन ।
भाँचिएका हड्डी, च्यातिएका छाला, भत्किएका घर ! कोही आफन्त गुमेका छन्, तिनको सनाखत हुन सकेको छैन, कोही आफन्त उपचार शय्यामा छट्पटिएका छन् ! कता हेर्ने, कसलाई सम्हाल्ने ? परिवारका सदस्य र घर गुमाउनु परेकाहरूको यस्तो मनोदशा अनि बाँचेका पनि पलाउँदो शरदीय चिसो आकाशमुनि भोको पेटको बास ! आफू भएर सोच्दा कहालीलाग्दो यो अवस्थामा रहेका जाजरकोट/रुकुम पश्चिमका भूकम्प प्रभावित नागरिकको पीडा समन गर्न राज्य /नागरिक तहबाट यथासम्भव सक्रियता प्रदर्शन भएको छ । शुक्रबार मध्यरातमा भूकम्पले थिचिएका नागरिकको खोज, उद्धारमा शनिबार बिहानैदेखि स्वयम् सक्रिय प्रधानमन्त्री पुष्पकमल दाहा
समयक्रमसँगै अर्थतन्त्रमा परिवर्तन आइरहन्छ । अर्थतन्त्रले समय समयमा आन्तरिक र बाह्य दबाबहरू झेल्नुपर्ने हुन्छ । जनसाङ्ख्यायिक बनोट, उपभोक्ताको चाहना, र प्रविधिमा निरन्तर परिवर्तन आइरहन्छ । यसका अतिरिक्त भूराजनीतिक द्वन्द्व, देशहरूबिचका आर्थिक स्वार्थ, बहुपक्षीय संस्थाहरूका नियम आउने परिवर्तनले पनि अर्थतन्त्रमा परिवर्तन ल्याइरहन्छ । कहिलेकाहीँ यस्ता परिवर्तनले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ भने कहिले नकारात्मक पनि । हाल नेपाली अर्थतन्त्रमा शिथि