प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षा अध्यक्ष प्रा.शिवलाल भुसाललाई नियुक्त गर्नुभएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको छ ।
गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मार्ग खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ-मुस्ताङ-डोल्पा-जुम्ला सडक आयोजना अन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन् ।
फिलिपिन्समा आइतबार एक रेडियो प्रसारकलाई उनको स्टुडियोभित्रै गोली हानी हत्या गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार फिलिपिन्समा मारिएका पत्रकारहरूको लामो सूचीमा यो नयाँ घटना हो ।
नेपाली कांग्रेसले धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ ।
नेपाली कांग्रेसका सांसदले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि १५ दिन बराबरको तलब सहयोग स्वरुप उपलब्ध गराउनुहुने भएको छ ।
नवलपुरको गैँडाकोटमा बालबालिकालाई व्यवहारिक ज्ञान दिन असल संस्कार कक्षा सञ्चालन भएको छ । पछिल्लो समय सामाजिक परिवेशमा विकृति र विसङ्गति बढ्दैगएको समयमा बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले असल संस्कार कक्षा सञ्चालन गरिएको हो ।
काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजना अन्तर्गत सूचीकृत हुन इच्छुक स्रोत व्यक्ति वा विषय विज्ञहरुलाई आव्हान गरेको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा भूकम्प पीडितलाई राहत साग्रमी आइपुगेको छ । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत आठबिसकोटमा राहत सामग्री पठाएको हो ।
खोटाङ जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षकहरु शैक्षिक भ्रमणमा निस्किएका छन् ।
नेपाली सेनाले जाजरकोटका भूकम्प प्रभावितहरूको खोज तथा उद्धार कार्य जारी राखेको छ । कार्तिक १७ गते जाजरकोटमा भूकम्प गएलगत्तै परिचालित सेनाले जाजरकोटको १३ स्थान र पश्चिम रुकुमको सात स्थानमा तैनाथ रही उद्धार कार्य जारी राखेको हो ।
प्रेस काउन्सिल नेपालले होडबाजी गरी भूकम्पबारे गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।
अर्जुनचौपारी गाउँपालिका–१ की ८१ वर्षीय कुन्तीदेवी अर्यालले गाउँमै आँखाको उपचार गर्न पाएकोमा खुसी हुनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई सङ्घीय सांसद तथा प्रदेश सभा सदस्यहरूको एक महिनाको तलब र पार्टीको तर्फबाट २५ लाख रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध एक करोड ३१ लाख ६० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।