भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १६ करोड (१० कराेड भारू) रुपियाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ ।
कपिलबस्तुका तीन स्थानीय तहलाई भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन निर्णय गरेको छ । जिल्लाका बाणगंगा, कपिलबस्तु र बुद्धभुमि नगरपालिकाले भुकम्प प्रभावितका लागि ५ लाखका दरले आर्थिक सहयोग गर्ने भएका हुन् ।
भूकम्पमा परि मृत्यु भएकी नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायत मृतकलाई श्रद्धाञ्जली दिन जाजरकोट आउनुभएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले भूकम्पपीडितले छिट्टै राहात पाउने बताउनुभएको छ ।
जाजरकोटमा आज (आइतबार) पनि दुई पल्ट भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १:२२ बजे चार रेक्टर स्केलको भूकम्प गएको हो ।
जाजरकोट र रुकुम पश्चिम लगायतका विभिन्न जिल्लामा आएको भूकम्पमा परी ज्यान गुमाएका एक सय ५७ वटा शव आफन्तले बुझेका छन् ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि नेपाल प्रहरी र टिकटकबिच छलफल भएको छ । सामाजिक सञ्जालनमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीमाथि कारबाही गर्न नेपाल प्रहरीको साइवर ब्युरोलगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुरबिच शुक्रबार छलफल भएको हो ।
बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा दुधौली स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा विदेशी टोली एभिनियर एफसी क्यामरुनलाई पराजित गर्दै दुधौली सेमिफाइनलमा प्रवेश गरेको हो ।
ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–८ माम्खामा रेबिज सङ्क्रमण भएर हलगोरु मरेका छन् । रेबिज संक्रमति कुकुरको टोकाइले रेबिज रोगको लक्षण देखापरेको माम्खाकी प्रमीला राईको हलगोरु मरेका हुन् ।
सशस्त्र प्रहरी बल नेपालद्वारा टेन्टसहित तीन वटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’ भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकामा आयोजना हुने ‘द एसेम्बली स्टेट अफ न्यूयोर्क’ र ‘अलबेनिक ३० औँ डिस्ट्रिक्ट’ कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक गोपाल शर्मा भट्टराईले जानकारी दिनुभयो ।
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम आइडी आदिमार्फत १९ लाख २५ हजार रुपियाँ ठगी गर्ने २३ वर्षीय शिरीष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा निधन हुनेको सङ्ख्या एक सय ५७ पुगेको छ । सो घटनामा जाजरकोटमा एक सय पाँच र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको एक उच्चस्तरीय टोलीले आइतबार अपराह्न भेरी अस्पतालमा पुगेर घाइतेहरूको उपचार र स्वास्थ्यअवस्थाबारे जानकारी लिएको छ ।
बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाउन आग्रह गरेको छ । गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय बैठकको निर्णयबमोजिम बुटवलभित्रका सङ्घ संस्था तथा क्लबलाई एकीकृत रूपमा राहत सामग्री पठाउन आह्वान गरेको हो ।
पाकिस्तानका प्रधानमन्त्री अम्बर उल हक ककरले जाजरकोट भूकम्पमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पपीडितप्रति ऐक्यबद्धता जाहेर गर्नुभएको छ ।