काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका –८ चिसापानीमा सुख्खा पहिरोले पुरिएर एक कामदारको मृत्यु भएको छ । चिसापानीस्थित बाटोमा जाली लगाउने क्रममा माथिबाट सुख्खा पहिरो आई पुरिँदा सोलुखुम्बु नेचासल्यान गाउँपालिका– २ घर भई हाल पाचँखाल नगरपालिका –८ चिसापानी २३ वर्षीय कुशल नेपाली (सुन्दास) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारलाई सुधारगृहका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ।
कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचार गराउन पुग्नुभएका एक बिरामीको पेटबाट खाली बोतल निकालिएको छ । पेट दुखेपछि उपचारका लागि बिहीबार अस्पताल पुग्नुभएका धनगढी उपमहानगरपालिका –१४ फूलबारी ‘एच गाउँ’ का ६१ वर्षीय नागरिक जमनसिंह रोकामगरको पेटबाट भोड्का रक्सीको बोतल निकालिएको हो ।
वि.सं. २०७९ साल चैत ३० गते अर्थात् यो वर्षको अन्तिम सूर्यास्त । भक्तपुरबाट देखिएको यो वर्षको अन्तिम सूर्यास्तको दृश्य । तस्बिर : कविता थापा
नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको १३ जनाको टोली आज सगरमाथा आधार शिविर पुगेको छ।
विभागीय टोली नेपाल एपीएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामाको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६औँ बैठकमा भाग लिन जानुहुने अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ।
आयोजक दिलिप स्मृति प्रतिष्ठानले दोश्रो बागमती प्रदेश स्तरीय तथा छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन बढाउन सबैभन्दा पहिले माटोकोे सुधार तथा उपचार आवश्यक रहेको बताउनुभएको छ । कमल गाउँपालिकाको – ५ स्थित आदिबासी रंगशालामा शुक्रबार अखिल नेपाल किसान महासंघको ७ औं राष्ट्रिय महासम्मेलनको उदघाटन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।
महालेखापरीक्षक टंकमणि शर्माले महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्नुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विज्ञान प्रविधि क्षेत्रको विकासका लागि कानुन र बजेटको अभाव रहेको बताउनुभएको छ ।
कालीकोटको पचालझरना गाउँपालिका –४ का दुई वर्षका बालक मनिश न्यौपानेको घाउको उपचार गर्न नसक्दा हातमा किरा परेका छन् । उपचार अभावमा बालकको विचल्ली भएको छ ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङबजार नजिक रहेको नर्सरी-सुकेटार पदमार्गको सरसफाइ गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गर्नुभएको छ । लगानी बोर्ड नेपालको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।