नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू÷चैत्यको पुरातत्त्व विभागले अध्ययन थालेको छ ।
ग्यालेक्सी एक्सिलेन्स अवार्डको दोस्रो संस्करण चैत १७ गते हुने भएको छ । अवार्डको दोस्रो संस्करणमा ३५ विधामा अवार्ड वितरण गरिनेछ ।
इन्द्रमोहन स्मृति–गुठी, धनकुटाले विभिन्न विधाका तीन स्रष्टालाई पुरस्कार प्रदान गरेको छ । गुठीद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइला)ले गायक दीपक खरेल, साहित्यकार डा. राजेन्द्रप्रसाद अधिकारी र पत्रकार मोहन भण्डारीलाई पुरस्कार प्रदान गर्नुभएको हो ।
नेपाली कविताका शिखर–साधक एवं मूर्धन्य मुन्धुमविद् बैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहनुभएका काइँलालाई कविता–काव्य एवं मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी नेपाली कविता तथा मुन्धुमी वाङ्मयका क्षेत्रमा दिएको अतुलनीय योगदानबापत नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नागरिक अभिनन्दन गर्ने भएको हो ।
क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशको विरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुँदैछ । शुक्रवार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाइ तोकिएको थियो ।
एकीकृत समाजवादीका सांसद एवं पूर्व मन्त्री मेटमणि चौधरीले गरिब जनताले प्रयोग गर्न पाउनुपर्ने सहुलीयपूर्ण ऋण समेत ठुला र उच्च घरानाले कब्जा गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा शुक्रवार विशेष समय लिएर बोल्दै चौधरीले उक्त विचार राखेका हुन् ।
कैलालीको धनगढीस्थित छ लेनको सडकमा लगाइएको तारजाली नाघेर मान्छेले बाटो काट्ने कार्यको व्यापक आलोचना भएको छ। जान्ने बुझ्ने मान्छेले त्यस्तो किसिमको लाजमर्दो हर्कत गर्न नहुने भन्दै धेरैले आलोचना गरेका हुन्। छ लेनको सडकको मेडियनमा लगाइएको बोटबिरुवा जोगाउन र जथाभावी बाटो काट्नमा रोक लगाउनका लागि
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशको अर्थतन्त्रको तेस्रो महत्त्वपूर्ण खम्बाका रूपमा रहेको तथा आर्थिक सामाजिक रूपान्तरणको आशालाग्दो सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आवश्यक पहल सुरु गरेको छ ।
संविधानमा स्वास्थ्य उपचारको हकलाई मौलिक हकका रूपमा राखिएको छ। आधारभूत स्वास्थ्य सेवा निःशुल्कसमेत भनिएको छ। यद्यपि ग्रामीण भेगका सरकारी अस्पतालमा न चिकित्सक भेटिन्छन् न औषधि पाइन्छ। सङ्घीय सरकार मातहत रहेका देशभरका १२ वटा अस्पतालमध्ये डडेल्धुरा अस्पताल एक हो तर सो अस्पतालमा मनोचिकित्सक र औषधि पाउन मुस्किल छ। मनोचिकित्सक र औषधि नहुँदा मानसिक रोगीको उपचारमा समस्या हुँदै आएको छ।
नेपालको पहाडी क्षेत्रका बारीका कान्ला जहाँतहीँ सिस्नु पाइन्छ । सार्वजनिक स्थल अनि बाँझो खेतबारी सिस्नो उम्रिएको हुन्छ तर हामीले त्यसमा खासै ध्यान दिँदैनौँ ।
सडक नहुँदा पैदल यात्राका लागि बनाइएका कट्या बाटा (सबलको प्रयोग गरेर हातले काटेर बनाइएका बाटा)मा बास बस्न बनाइएका ढुङ्गे धर्मशालाहरू मासिँदै र नासिँदै गएका छन्। सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा बजार नहुँदा वर्षभरि खानलाई पुग्ने गरेर नुन, गुँड, तेललगायतका दैनिक उपभोग्य वस्तु खरिद गर्न स्थानीय एक हप्तासम्म पैदल हिँडेर नेपाल–भारतका सीमा बजार ब्रह्मदेव र टनकपुर पुग्थे। करिब तीन दशक अघिसम्म पनि यो क्रम चलिरहेको थियो।
राष्ट्रपति निर्वाचनका लागि राजनीतिक दलहरूबीच सङ्घमा बनेको नयाँ समीकरणले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई राहत भएको छ। पदमा रहिरहनका लागि उहाँले बहुमत प्राप्त गर्न सक्ने आधार सुनिश्चित भएपछि मुख्यमन्त्री शाहलाई राहत भएको हो।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको वार्षिक परीक्षा सकिन लागे पनि उनीहरूले अझै पाठ्यपुस्तक पाएका छैनन्। वीरेन्द्रनगर–१२ स्थित अमरज्योति नमुना माध्यमिक विद्यालयकी छात्रा गौमाया अधिकारीले पाठ्यपुस्तक अझै नपाएको बताउनुभयो। सामुदायिक विद्यालयमा समयमै सबै विषयका पाठ्यपुस्तक नपुग्दा सिकाइ गतिविधि नै प्रभावित बनिरहेको छ। उहाँका अनुसार यो शैक्षिक सत्रमा पनि सबै पाठ्यपुस्तक हातमा परेन। कतिपय विषयका किताब नै नदेखेर परीक्षा दिनुपर्ने अवस्था रहेको छात्रा अधिकारीले बताउनुभयो।
क्रिप्टोकरेन्सीलाई भर्चुअल करेन्सी तथा डिजिटल करेन्सी पनि भनिन्छ । नेपालीमा यसलाई विद्युतीय मुद्रा भनेर चिनिन्छ । यसका केही विशेषता रहन्छन् । जस्तै निजी क्षेत्रबाट जारी गरिएको, विद्युतीय माध्यमबाट खरिदबिक्री हुने, कानुनी ग्राह्यता नभएको अर्थात् राज्यको ग्यारेन्टी र नियमन नभएको मुद्रा आदि ।