नेपालको पहाडी क्षेत्रका बारीका कान्ला जहाँतहीँ सिस्नु पाइन्छ । सार्वजनिक स्थल अनि बाँझो खेतबारी सिस्नो उम्रिएको हुन्छ तर हामीले त्यसमा खासै ध्यान दिँदैनौँ ।
सिस्नोको नाम सुन्नासाथ हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौँ । सिस्नोसँग परिचित भएकाले त यसलाई पोल्ने घाँसका रूपमा चिन्दछन् ।
हामी धेरैजसोलाई यसको महत्त्व थाहा नभएको हुनाले सिस्नोलाई त्यति महìव दिन्दैनौँ । हामीले बुझ्नुपर्छ, बहुगुण भएको यसलाई घरमा सागका रूपमा पनि प्रयोग गर्न सकिन्छ । हामीले खाने सागमध्ये सिस्नु उत्कृष्ट सागमा पर्छ । पहिले दुःखी, गरिबले मात्र खाने तरकारीका रूपमा मात्र सिस्नु खाने गरिन्थ्यो ।
तर यसको महìव थाहा पाएर अचेल सहरका ठूला–ठूला डिपार्टमेन्ट स्टोर, तारे होटल, रेस्टुराँहरूमा महँगा खाद्यवस्तुमध्येमा पर्न थालेको छ ।
खेती गर्न र स्याहारसुसार गर्न नपर्ने जङ्गल, भीर र पाखामा त्यत्तिकै खेर गइरहेको सिस्नोको धुलो हालका दिनमा उचित मूल्यमा बिक्री हुनुका साथै विदेशसमेत निर्यात हुने गरेको छ । सिस्नोको धुलोलाई दाल, ढिँडो, सुप बनाएर खान सकिन्छ भने हरियो सिस्नोको मुन्टा तरकारीका रूपमा पनि खाने
गरिएको छ ।
सिस्नोमा के के पाइन्छ ?
रायोको सागमा ३५० आईयू भिटामिन पाइन्छ भने सिस्नोमा १२ सय आईयू भिटामिन ए र भिटामिन सी हुन्छ । त्यस्तै फलाम तìव, फर्मिक एसिडलगायतका अन्य तìव पनि यसमा पाइन्छन् ।
पशु र पन्छीलाई सिस्नो खुवाउँदा हुने फाइदा
गाउँघरमा अहिले पनि सिस्नोलाई गाईबस्तुको खोलेका रूपमा प्रयोग गरिन्छ । अमेरिका, बेलायतजस्ता देशमा सुप, तरकारी, चिया, जुस, औषधि आदि विभिन्न रूपमा सिस्नुको पात तथा जराको प्रयोग हुँदै आएको छ ।
हालैको एउटा अनुसन्धानले गाउँघरमा पाइने सिस्नु मानव स्वास्थ्यका लागि मात्रै नभई जीवजन्तुका लागि पनि बहुउपयोगी रहेको देखाएको छ । सिस्नोको मुन्टालाई दानाका रूपमा खुवाए कुखुराले तुलनात्मक रूपमा धेरै अन्डा पार्ने, मासु स्वादिलो हुने र अन्डासमेत गुणस्तरीय हुने देखिएको छ ।
सिस्नो खुवाएको बङ्गुरको तौल नखुवाएको भन्दा धेरै हुने र मासुसमेत स्वस्थ हुने पाइएको छ । त्यसैगरी सिस्नुलाई दानाका रूपमा खुवाइएमा गाईको दूधको परिमाण र दूधमा चिल्लो पदार्थको मात्रा समेत उल्लेख्य वृद्धि हुने अनुसन्धानले प्रमाणित गरेको छ ।
मानिसमा सिस्नो खानुको फाइदा
सिस्नोमा औषधीय गुण हुन्छ । सिस्नो पोसिलो हुनुका साथै यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ ।
सिस्नोको नियमित प्रयोगबाट मिर्गौलाको समस्या, पिसाब पोल्ने, दम, बाथ रोगमा लाभ मिल्छ तथा यसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ । यसका साथै सिस्नोको मेहदी बनाएर कपालमा लगाउँदा कपाल झर्न रोकिन्छ ।
महिनावारी अनियमित हुने, ग्यास्टिक, स्त्रीरोग, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचापका बिरामीलाई समेत सिस्नो उपयोगी मानिन्छ ।
त्यसैगरी पुरुषको शुक्रकीट उत्पादन, भाँचिएको र मर्केको हाडलाई जोड्न, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो तथा शरीर फुर्तिलो, छरितो र आकर्षक बनाउन सिस्नोको पाउडर प्रयोग गर्न सकिन्छ । यसलाई झोल बनाएर खानासँगै प्रयोग गर्न वा उमालेर खान पनि सकिन्छ ।
यसमा हुने रौँ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकाले सिस्नो पीडादायक हुन्छ । त्यसैले सिस्नो छुदा पोल्छ तर पानीमा उमालेपछि ती तìव नष्ट भएर जान्छन् ।
हप्ताको एक पटक सिस्नु खानाले पेटमा रहेका सबै बिकार दिसाको माध्यमबाट बाहिर जाने तथा मलाशय सफा हुने विश्वास गरिन्छ । यसर्थ हामीले पनि हप्ताको एक पटक सिस्नो सागका रूपमा भए पनि खानुपर्छ ।