स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड बराबरीमा रोकिएका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले एट्लेटिकोसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुहुने भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।
सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक गेम्सका लागि महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा हुने भएको छ ।
चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ ।
नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्याङ्क लिन अध्ययन सुरु गरेको छ । बोर्डले विदेशी पर्यटकको औसत खर्चदर पत्ता लगाउने उद्देश्यले आजदेखि सर्वेक्षण सुरु गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरू (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ जानुहुने भएको छ ।
काठमाडौं महानगरले उपत्यकामा पार्किङ् हटाएपछि निजी व्यावसायीले पार्किङमा मनोमानी गर्ने गरेका छन् ।महानगरका मेयर बालेन्द्र साहले पार्किङ् हटाएपछि व्यावसायीले आफुखुसी शुल्क लिनेगरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ ।
बुटवलका पत्रकार मनोज हितङ्गाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । गए राति करिब ११ बजे बुटवलको नयाँ बसपार्क नजिक हितङ्गा सवार मोटरसाइकललाई बसले ठक्कर दिएको थियो ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१, रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरमा शनिवार राति चोरी भएको छ । मन्दिरबाट राजदेवी भगवानको मूर्ति सुनको मुकुट र अन्य गरगहना गरी करिब छ लाख मूल्य बराबरको सामान चोरी भएको मन्दिरका पुजारी धिरज यादवले बताउनुभयो । उहाँले राति १२ बजे चोरी भएको जानकारी दिनुभयो ।
हजारौँ वर्षअघि पृथ्वीको कुनै सुन्दर नगरमा भेटेको थिएँ मेरी प्रेयसी । पहिलो पटक तिमीलाई देख्नेवित्तिकै बेहद काउकुती लागेको थियो मलाई
चारैतिर कति रङ्गीचङ्गी वातावरण, परिस्थिति कति मनोरम दृश्य, मनमोहक उपस्थिति आहा ! डुबूँ भनेको मनको दहमा तरङ्ग नतैरिएर र नउब्जिएर हो कि सुस्ताएँ, अल्छी भएँ चेत समाल्न छोडेर त्यसै फाल हानेँ
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका लागि मेट्रोरेल निर्विकल्प भएको बताउँदै काठमाडौँ महानगरलाई यसको नेतृत्व लिन अनुरोध गर्नुभएको छ ।