गण्डकी प्रदेश सरकार अन्तर्गतका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टामाथि पाँच करोड ४५ लाख ५२ हजार छ सय ७१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल सरकारका विभिन्न निकायले निर्माण गर्ने वेबपेजहरु एउटा ढाँचामा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।
बैङ्क तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्ध आन्दोलनमा उत्रेका कैलालीका व्यवसायीले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन्।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ।
नेकपा (एमाले) सचिव एवम् प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले माओवादीले राष्ट्रपतिको मत सुवास नेवाङलाई दिने बताउनु भएको छ।
काठमाडौं उपत्यकामा पाँच महिनापछि वर्षा भएको छ। पाँच महिनापछि आइतबार दिउँसो काठमाडौं उपत्यकामा पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो।
झापाको कचनकवल गाउँपालिकाले डिजिटल किसान सहायता केन्द्र स्थापना गरेको छ । विभिन्न दातृ निकायको सहयोगमा गाउँपालिकाले कृषि सहायता केन्द्र स्थापना गरेको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभएको हो ।
धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बागलुङको कालिका मन्दिर जीर्णोद्धार गरिएको छ । ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ ।
राष्ट्रिय सभाको आइतबारको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
गायक तथा सङ्गीतकार विक्रम कालिकोटेको नयाँ गीत 'कुटुमा कुटु'को भिडियो सार्वजनिक भएको छ । कालिकोटेको स्वर तथा सङ्गीत रहेको यस गीतमा किरण माइकलको शब्द रचना रहेको छ ।
महाभारत पर्वत शृङ्खलाको उच्च भागमा रहेको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी पर्यटन मार्गको कालोपत्र अन्तिम चरणमा पुगेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिका लागि सर्वसम्मतिको प्रयास भइरहेको बताउनुभएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)को वार्षिक साधारणसभा आइतबारदेखि सुर्खेतमा सुरु भएको छ । पहिलो पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्यानको साधारणसभा आयोजना गरिएको हो ।
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनलले कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० गोलले हरायो ।
काठमाडौँ महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ ।