क्रिकेटर सन्दीप लामिछानेले विदेशी भूमिमा हुने क्रिकेट खेल्न पाउने हुनुभएको छ । सर्वोच्च अदालतले आज सोमबार उहाँको पक्षमा सुनुवाई गर्दै फुकुवा गरेपछि उहाँले खेल खेल्न पाउने हुनुभएको हो ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एक जना व्यक्तिको लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका ६१ वर्षीय पृथ्वीबहादुर लिम्बूको लडेर मृत्यु भएको हो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –२ सोल्मामा निर्माण भएको कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्ट लामो समय हुँदा पनि सञ्चालनमा आएको छैन् । अर्गानिक नगर बनाउने अभियान अन्तर्गत नगरपालिकाले अढाइ करोड खर्च गरेर निर्माण गरिएको प्लान्ट सञ्चालनमा आउन नसकेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउन प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भैरहवास्थित भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैङ्क सेवा शुभारम्भ भएको छ । दुई करोड ७४ लाख ४० हजार रुपियाँ लागतमा अस्पतालमा सिटी स्क्यान राखिएको हो ।
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संवैधानिक जिम्मेवारी, भूमिका र योगदानलाई अवमूल्यन हुनेगरी केही अवाञ्छित तत्त्वबाट हुने गरेका टीकाटिप्पणीप्रति सजग रहनुपर्ने बताउनुभएको छ ।
रुकुम (पूर्व) मा टर्कीबाट १६ हजार दाँते ओखरको बिरुवा ल्याइएका छन् । डिभिजन वन कार्यालयले किसानको मागअनुसार टर्कीबाट १६ हजार फरनर जातको दाँते ओखरको बिरुवा ल्याएको हो ।
इराकमा यहाँको सुरक्षा फौजको कारबाहीमा परी आईएस आतङ्ककारी समूहका कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ ।
यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो । सामान्य नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ ।
डडेल्धुराको परशुराम नगरपालिकामा आज सोमबार जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज (सोमबार) नेप्से परिसूचक तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ को बिन्दुमा कायम भएको हो ।
युएईमा जारी आइसिसी यू–१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा नेपालले हङकङमाथि सानदार जित निकालेको छ ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा सङ्घमा भएको सत्ता समीकरण फेरबदलको असर लुम्बिनी प्रदेश सरकारमा पनि पर्न थालेको छ । लुम्बिनी प्रदेशमा एमालेका पोलिटब्युरो सदस्य लीला गिरी तत्कालीन माओवादीसहितको गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्नुभएको थियो ।
नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिनुभएको छ । सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेबाट भएका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाउनुभएको हो ।
अभिनेत्री सुरक्षा पन्त अभिनीत फिल्म 'बहाव' को ट्रेलर सार्वजनिक भएको छ ।