पूर्वी नवलपरासीमा मौरीपालन व्यवसायमा युवाहरुको सङ्ख्या बढ्दैगएको छ । तर माहुरीको चरन क्षेत्र अभावले मह उत्पादनमा ह्रास आएको छ । नेपाल मौरीपलक संघ नवलपुरका अनुसार अहिले जिल्लामा ३० टनभन्दा बढी मह उत्पादन हुनेगरेको छ । उत्पादनअनुसार महले बजार नपाउँदा किसानहरु चिन्तित छन् ।
नेपाल–चीन जोड्ने काठमाडौं–केरुङ रेलमार्गको गहन अध्ययनको काम आगामी महिना सुरु हुने भएको छ । विज्ञ जनशक्ति थप गरेर मार्चदेखि गहन अध्ययन गरिने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाललाई जितका लागि पपुवा न्युगिनी (पीएनजी) ले दुई सय चार (२०४) रनको लक्ष्य दिएको छ ।
खानेपानीमन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीलाई निर्देशन दिनुभएको छ । सोमवार नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहमा उहाँले सो चेतावनी दिनुभएको हो ।
राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकार संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्न उदासीन देखिएको निष्कर्ष निकालेको छ ।
कोभिडको मारमा परेका थारु समुदायका महिलाको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले पहल थालेको छ । कार्यक्रमको सहयोगमा महिलालाई पर्यापर्यटनसँग जोड्दै व्यावसायिक रूपमै सबल र आत्मनिर्भर बनाउने उद्देश्यले पहिलो चरणमा २० जना महिलालाई आयआर्जनमा जोडिएको छ ।
विमान परिचारिकामाथि दुर्व्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ ।
परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले परराष्ट्र नीति पुनरावलोकनको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर उहाँले नीति अनुसन्धान प्रतिष्ठानले पुनरावलोकन गरिरहेको नीति एक महिनाभित्र सार्वजनिक हुने सो अवसरमा जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकता हुनसक्ने बताउनुभएको छ ।
राष्ट्रपति निर्वाचनका उम्मेदवारहरुविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन आयोगले बताएको छ । उम्मेदवारविरुद्ध आइतबार बिहान १० देखि २ बजेसम्म उजुरी गर्ने समय थियो ।
दक्षिणी हुम्लामा व्यक्तिगत रुपमा लगानी गरेर पहिलो पटक आरसीसी भवन बन्न शुरु गरेका छन् । राष्ट्रिय सडक सञ्जाल जोडिएसँगै निर्माण सामग्री सहज रुपमा ढुवानी भएर आउन थालेपछि व्यक्तिहरु आरसीसी पिल्लर भएको भवन निर्माणमा लागेका हुन् ।
सातदोवाटो यूथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोवाटो स्थित एन्फा मैदानमा सोमबार भएको खेलमा सातदोवाटोले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडन डेथका ६–५ गोलले हरायो ।
स्टार स्ट्राईकरद्वय केलियन एमबाप्पे र लियोनल मेस्सी चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा बलियो प्रतिद्वन्द्वी मार्सेलीमाथि सानदार जित निकालेको छ ।
मगर समुदायले विभिन्न कार्यक्रम गरी ४१ औँ मगर दिवस मनाएका छन् ।
झापाको मेचीनगर नगरपालिकामा यस वर्ष पनि उत्कृष्ट सासू–बुहारी सम्मानित भएका छन् । समाजमा सासू–बुहारीको सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटिलाई न्यूनीकरण गर्ने उद्देश्यले समाजमा अनुकरणीय सासू–बुहारीलाई बर्सेनि सम्मान गर्ने गरिएको छ ।