• १७ असार २०८१, सोमबार

मगर समुदायले मनाए ४१ औँ मगर दिवस

blog

मगर दिवसको अवसरमा पोखराको चिप्लेढुङ्गामा आयोजित र्‍यालीमा प्रदर्शन गरिएको झाँकी । तस्बिर : हरिप्रसाद बास्तोला/रासस

काठमाडौं, फागुन १५ गते । मगर समुदायले विभिन्न कार्यक्रम गरी ४१ औँ मगर दिवस मनाएका छन् ।

२०३९ साल फागुन १५ गते स्व. हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको अधिवेशनलाई आधार मानी मगर समुदायले हरेक वर्ष फागुन १५ गते मगर सङ्घ र सम्बन्धित सङ्घसंस्थाले एकता दिवसका रूपमा मनाउँदै आएका छन् ,

यसै अवसरमा आज (सोमबार) बागलुङ, तनहुँ र पोखरा लगायतका स्थानमा मगर समुदायले ४१ औँ मगर दिवस मनाएका छन् । बागलुङमा आयोजित ४१औँ मगर दिवस तथा नवौँ जिल्ला अधिवेशनका अवसरमा मगर संस्कृति अनुसार र्‍याली निकालिएको छ ।

बागलुङमा आयोजित ४१औँ मगर दिवस तथा नवौँ जिल्ला अधिवेशनका अवसरमा मगर संस्कृति अनुसार डोकोमा सेल बोकेर बागलुङ बजार र्‍यालीमा सहभागी महिला । तस्बिर : खेमराज गौतम/रासस

नेपाल मगर सङ्घ व्यास नगर समितिद्वारा आयोजित ४१ औं मगर दिवसका अवसर सोमबार जातीय भेषभूषामा सजिएर नगर परिक्रमा गर्दै  मगर समुदायका महिला  । तस्बिर : मिला दरै/रासस

४१औँ मगर सङ्घ स्थापना एवम् मगर एकता दिवसका अवसरमा मगर समुदायले पोखरामा निकालेको र्‍यालीका सहभागीहरु । तस्बिरः वासुदेव पौडेल/रासस