• १३ साउन २०८१, आइतबार

माओवादीले पुस १० को सहमति कायम राख्छ : योगेश भट्टराई

blog

जुम्लामा आयोजित पत्रकार भेटघाटमा नेकपा (एमाले) सचिव योगेश भट्टराई। तस्बिर : नेत्र शाही जुम्ला

नेत्र शाही

जुम्ला, फागुन १४ गते। नेकपा (एमाले) सचिव एवम् प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले माओवादीले राष्ट्रपतिको मत सुवास नेवाङलाई दिने बताउनु भएको छ।  

जुम्लामा आयोजित पत्रकार भेटघाटमा नेता भट्टराईले माओवादीले २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा पुस १० को सम्झौता अनुसार माओवादीले एमालेलाई राष्ट्रपतिको मत दिने बताउनु भएको हो। उहाँले यो माओवादीका लागि वामपन्थी एक हुने अवसर भएकाले सहमतिको कार्यान्वयन माओवादीले गर्नेमा जोड दिनुभयो। 

प्रेस चौतारी जुम्लाले गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले माधव नेपालले पनि ठूलो अवसर गुमाएको बताउनुभयो। नेकपा एमालेले फेरि एक पटक राष्ट्रपतिको उम्मेदवारको लागि भनेको भए पनि स्वीकार नगर्नु उहाँका लागि घाटा भएको भट्टराईको भनाइ छ।