• २० जेठ २०८२, मङ्गलबार

पत्रकार हितङ्गाको दुर्घटनामा परी मृत्यु

blog

छविलाल पाण्डे । 

बुटवल, फागुन १४ गते । बुटवलका पत्रकार मनोज हितङ्गाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । गए राति करिब ११ बजे बुटवलको नयाँ बसपार्क नजिक हितङ्गा सवार मोटरसाइकललाई बसले ठक्कर दिएको थियो । 

बुटवलको मिलन चोकबाट अस्पताललाइनतर्फ गइरहेका हितङ्गा सवार लु ८ प ९०६८ नम्बरको मोटरसाइकल र मिलन चोकतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७–०२–००१ ख १२२६ नम्बरको  यात्रुवाहक बस बसपार्क नजिकै ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते हितङ्गालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

लामो समयदेखि टेलिभिजन क्यामेरा पर्सनको रूपमा कार्यरत हितङ्गा पछिल्लो समय एनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । पाल्पाको तानसेनका स्थायी बासिन्दा हितङ्गा करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आउनुभएको थियो ।