मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको सम्मानमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधि सभा सदस्य सहनाज रहमानको निधन भएको छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगाल्नु भएको योग्य उम्मेदवार भएको बताउनुभएको छ । एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज (शनिबार)उम्मेदवारी दिनुभएको हो ।
नेकपा (एमाले) बाट राष्ट्रपतिका उम्मेदवार एवम् पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताउनुभएको छ ।
मध्य मालीको एउटा गाउँमा बिहीबार हतियारधारीहरूले गरेको आक्रमणमा कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै आज जनाएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वर्ष रुसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि उहाँले रुसलाई पराजित गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको हो ।
नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिनुभएको छ ।
आगामी वैशाख १० गते आइतबार चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा प्रदान गरेको अधिकारको अभिभारा आएको बताउनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।
आगलागीमा परेर सिकिस्त भएका अछामको पञ्चदेवल विनायक नगरपालिका–८ कोसेडीका दुईजना युवालाई प्रधानमन्त्रीको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ ।
नेकपा (एमाले) ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।