• १३ साउन २०८१, आइतबार

नेपालीको सम्मानमा कुनै कसर बाँकी नराख्नुहोस् : मुख्यमन्त्री यादव

blog

पत्रकार राजेश्वर नेपालीलाई भेट गर्नुहुँदै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव।

लक्ष्मी चौधरी

जनकपुरधा, फागुन १३ गते।  मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको सम्मानमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो।  

शनिबार वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी नेपालीलाई भेट्न उहाँको निवास जनकपुरधाम वडा नम्बर २३ बेला पुग्नु मुख्यमन्त्री यादवले यस्तो बताउनुभएको हो। 

मुख्यमन्त्री यादवका साथमा प्रदेश सांसद रामअशिष यादव र दीपेन्द्र ठाकुरले नेपालीको योगदानलाई मरणोपरान्त भन्दा पनि अहिले नै स्मरण गरेर सम्मान गर्दा मधेशकै हितमा हुने र परिवर्तनकारी दलहरू प्रति जनताको सद्भाव पनि बढ्ने बताउनुभयो।

सांसदले वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता तथा प्रजातन्त्र सेनानी राजेश्वर नेपालीलाई मधेश रत्न घोषणा र उहाँको नाममा ट्रस्ट स्थापना गर्न मधेशका मुख्यमन्त्री सरोज कुमार यादवसँग माग गरेका छन्।

क्यान्सर रोगलाई जिते पनि नेपाली हाल प्रजातन्त्रको स्थापनामा भएको जेल र हिरासतको यातनाका कारण उहाँ मेरुदण्डको समस्याले थला पर्नु भएको छ। घरमै राखेर उहाँको उपचार भइरहेको छ।

बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेरसहितका कांग्रेसका नेतासँग पत्रकार र अगुवाका रुपमासमेत काम गर्नु भएका नेपालीलाई २००७ साल पछिको नेपालको विभिन्न घटनाक्रमलाई मुहजवानी तिथि मिति र समयसहित जुनसुकै बेला पनि भन्न सक्ने स्मरण शक्ति  छ। 

यसअघि नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उहाँलाई भेट्नु भएको थियो।