बालुवाटारमा पुरानो गठबन्धनको बैठक जारी छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लब राजधानीमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले क्रिकेटर लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा नै विचाराधीन रहेकाले दुवै मुद्दालाई लगाउनमा राखेर सुनुवाइका लागि फागुन १४ गते आइतबार संयुक्त इजलासमा पेसी तोक्न आदेश दिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।
नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालको राजनीति नेपाली जनताको भलाई र हितमा चल्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय नेपालको राजनीति विदेशीको इसारामा चलेको छनक मिलेकोभन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसका संसद सञ्जयकुमार गौतमले गुलरिया–मूर्तिया नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नु भएको छ । १४ वर्ष अघि नेपाल–भारतबीच सो नाका सञ्चालन गर्ने सहमती भए पनि त्यसको अझै कार्यान्वयनमा ल्याउन सरकार तयार नभएकोमा सांसद गौतमको आपत्ति छ ।
नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले सरकारी कार्यालयहरु बेवारिसे रुपमा राखिएका स्राेत, साधनहरुको सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहज भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी र स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन विरसेटबीच भेटवार्ता भएको छ । बिरामी सुरक्षासम्बन्धी मन्त्रिस्तरीय कार्यशालामा भाग लिन स्वीट्जरल्याण्ड पुग्नुभएका गिरीले आज (शुक्रबार) त्यहाँका राष्ट्रपतिसँग भेट गर्नुभएको हो ।
नेकपा (एमाले)का सांसद महेशकुमार बर्ताैलाले मकवानपुर जिल्लाको विभिन्न बस्तीमा आतङ्कित तुल्याउने एमगज नामक हात्तिलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गर्नु भएको छ ।
छत्तीसगढको राजधानी रायपुरबाट करिब ८५ किलोमिटर उत्तरमा पर्ने बालोदाबजार–भाटापारा जिल्लाको खमरिया गाउँको मुख्य सडकमा बिहीबार राति मालसामान बोकेको ट्रक र पिकअप भ्यान एक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको तथा अन्य १० जना घाइते भएका हुन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सङ्घीय संसद्का महासचिव भरतराज गौतमले शुक्रबार दिउँसोबाट बैठक सुरु भएको जानकारी दिनुभयो ।
धनकुटाको महालक्ष्मी नगरपालिका –५ स्थित ज्यामिरेमा ७० वर्षीय मानबहादुर बस्नेतको हत्या भएको छ । हत्या कसले र किन गर्यो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैठकमा आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारीमा स्वाभाविक दाबी गरेको बताउनुभयो ।