• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

blog

फाइल तस्बिर

काठमाडौं, फागुन १२ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।

छलफलमा राष्ट्रपतिको उम्मेदवार चयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले उहाँहरूबीच भएको छलफलका बारेमा भने आफूलाई जानकारी नभएको बताउनुभयो।

शनिबार राष्ट्रपति चयनका लागि मनोनयन गर्ने समय सीमा भए पनि दलहरूबीच सहमति हुन सकेको छैन। प्रधानमन्त्री दाहालले सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने धारणा राख्दै आउनुभएको छ। आज बिहान मात्रै नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायतका दलसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको थियो। रासस