• १३ असोज २०८१, आइतबार

बेवारिसे स्राेत, साधनहरुको सदुपयोग गर्न सरकारसँग आग्रह

blog

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंह । फाइल तस्बिर

काठमाडौं, फागुन १२ गते । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले सरकारी कार्यालयहरु बेवारिसे रुपमा राखिएका स्राेत, साधनहरुको सदुपयोग गर्न आग्रह गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद सिंहले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले  देशभरकै नेपाल सरकारको कार्यालय र प्रहरी कार्यालय परिसरभित्र साधनस्राेत, मोटरसाइकलदेखि गाडीहरु पनि थुपारेर राखेको भन्दै आपत्ति जनाउनुभयो । सांसद सिंहले करोडौं मूल्य पर्ने साधनस्राेत कौडीको मूल्यमा बेच्न राखिएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘देशभरकै नेपाल सरकारको कार्यालय र प्रहरी कार्यालय परिसरभित्र थुपारिएर राखिएका साधन स्राेत, मोटरसाइकलदेखि गाडीहरु बेवारिसे रुपमा राखिएको छ । नियम नमिलेको हो भने नियम मिलाएर करोडौं मूल्य जाने सवारीसाधनहरु कार्यालयको परिसरमा कौडीको मूल्यमा बेच्नुको लागि राखिएको छ, यसले राम्रो भएन ।’’ सांसद सिंहले साधनस्राेतको सही सदुपयोका लागि ऐन, नियममा समस्या भए सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।