• १८ असार २०८१, मङ्गलबार

सिंहदरबारभित्र सर्वसाधारणलाई सहज प्रवेश गर्न पाउनुपर्ने रुलिङ गर्न माग

blog

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला । फाइल तस्बिर

काठमाडौं, फागुन १२ गते । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहज भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद ज्वालाले सो माग गर्नुभएको हो ।

उहाँले सांसदहरु र उनीहरुका आफन्तहरु मात्रै छिर्न पाउने व्यवस्थाको अन्त्य गरी सेवा लिन मन्त्रालय धाउने सबै सर्वसाधारणलाई सिंहदरबार छिर्न पाउने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद ज्वालाले भन्नुभयो, ‘‘हामीले संहदरबारको दक्षिण गेट हेर्नसक्छौँ, हामी सांसदहरु, मन्त्रीहरु त्यहीँबाट ओहोरदोहोर गर्छौं, जनता बाहिर हुन्छन्, चिनेजानेको बाहेकले सिंहदरबार छिर्न पाउँदैन, मन्त्रालयहरु सिंहदरबारभित्र र सर्वसाधारण बाहिर हुन्छन्, यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । जनतालाई प्रताडित गर्नुहुँदैन । सभामुखले आजै रुलिङ गर्नुपर्छ कि सिंहदरबारभित्र जनतालाई सहज प्रवेश गर्ने वातावरण हुनुपर्छ ।’’