• ४ जेठ २०८१, शुक्रबार

स्वास्थ्य मन्त्री गिरी र स्वीट्जरल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी र स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन विरसेटबीच भेटवार्ता । तस्बिर : मन्त्री गिरीको सचिवालयल

काठमाडौं, फागुन १२ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी र स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन विरसेटबीच भेटवार्ता भएको छ ।

बिरामी सुरक्षासम्बन्धी मन्त्रिस्तरीय कार्यशालामा भाग लिन स्वीट्जरल्याण्ड पुग्नुभएका गिरीले आज (शुक्रबार) त्यहाँका राष्ट्रपतिसँग भेट गर्नुभएको हो । 

मन्त्री गिरीको सचिवालयलका अनुसार भेटमा मन्त्री गिरीले बिरामी सुरक्षासम्बन्धी मन्त्रिस्तरीय कार्यशालामा नेपाललाई आमन्त्रण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

त्यसैगरी, दुई देशबीच बिरामीको सुरक्षाका विषयमा सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्धता व्यक्त गरेको मन्त्री गिरीको सचिवालयले जानाएको छ ।