राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले ‘नेपाल बाल मन्दिरसम्बन्धि उच्चस्तरीय जाँचबुझ आयोग’को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नु भएको छ ।
फाल्गुनन्द लिङदेन फिल्म्स् र यल्लीवूड फिल्म्स्काे संयुक्त लगानीमा नेपाली फिल्म ‘तलास २’ को निर्माण हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशको बाजुरामा आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको बिछ्या केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
उत्तरी मोरङको लेटाङ, जाँते र मिक्लाजुङ क्षेत्रमा हात्तीको उपद्रो बढेको छ । मङ्सिर सुरुदेखि दुःख दिन थालेका हात्तीले क्षति नगरेको कुनै गाउँ नभएको स्थानीयको भनाइ छ ।
नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह गर्नुभएको छ ।
अफ्रिकन मुलुक मालीमा विस्फोटनमा परी संयुक्त राष्ट्र सङ्घको शान्ति सैनिक मिसन (मिनुस्मा) मा कार्यरत सेनेगलका तीनजना शान्ति सैनिकको मृत्यु भएको छ ।
ग्यास सिलिण्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीसँग तत्काल भेटघाट नगर्न शुभचिन्तकलाई चिकित्सकले आग्रह गरेको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज (बुधबार) दिउँसो १ बजेबाट सुरु भएको बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस हुँदै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको छ ।
सेप्टेम्बर ११, २००१ को आतङ्कवादी हमलाबाट पीडित भएका परिवारको मागअनुसार अफगानिस्तानको केन्द्रीय ब्याङ्कले यहाँ जम्मा गरेको तीन अर्ब ५० करोड अमेरिकी डलर जफत गर्न नसक्ने फैसला न्युयोर्कका सङ्घीय न्यायाधीशे सुनाउनुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नवलपुरबाट नै त्रिवेणी सुस्ता जानेगरी सडक निर्माण गर्ने बताउनुभएको छ ।
पुतलीबजार नगरपालिकाले मोतियाबिन्दु मुक्त बनाउने अभियान अगाडि सारेको छ । जसअन्तर्गत ९४ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने जानकारी दिनुभयो ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा यात्रुबाहक बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा ४५ वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ ।