• १३ साउन २०८१, आइतबार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

blog

काठमाडौं, फागुन १० गते । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रपति पदको उम्मेदवारका विषयमा छलफल हुने हो भन्ने जिज्ञासामा खतिवडाले भन्नुभयो, “अहिले त्यस्तो कुनै पनि एजेण्डा बाहिर आएको छैन । समसामयिक विषयमा छलफल हो ।” उहाँले बैठकमा नै सबै कुरा बाहिर आउने गरी खुला छलफल हुने बताउनुभयो ।

फागुन १३ गते राष्ट्रपति निर्वाचनको मनोनयन दर्ताको मिति तय भइसकेको छ । राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति बनाउन सरकारलाई समर्थन दिएका सबैजसो दलहरुभित्र छलफल तीव्र बनेको छ । यही क्रममा एकीकृत समाजवादीको सचिवालय बैठक बस्न लागेको हो ।