१. कवि मोहनहिमांशु थापाको निधन कहिले भएको हो ? वि.सं. २०७९ फागुन ४२. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनअनुसार देशकै उत्कृष्ट बन्न सफल स्थानीय तह कुन हो ? नरैनापुर (बाँके) – सो मूल्याङ्कन प्रतिवेदन (२०७९ मा प्रकाशित) अनुसार प्युठान नगरपालिका दोस्रो र म्याग्दीको मङ्गला गाउँपालिका तेस्रो भएका । ३. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)द्वारा प्रदान गरिएको इन्जा बौद्धिक अनुसन्धान वृत्ति पुरस्कार (२०७९)बाट कसलाई सम्मान गरियो ? जगत नेपाल र माधवप्रसाद तिवारी ४. नेपालमा निर्वाचन दिवस कहिले मनाइन्छ ? फागुन ७ – वि.सं. २०७९ फागुन ७ मा ७औँ निर्वाचन दिवस मनाइएको ।५. यम (प्लुटो)लाई ग्रहको स्तरबाट हटाई पुड्के ग्रह (ड्वार्फ प्लानेट)को मान्यता कहिले दिइएको हो ? सन् २००६ – यसका पाँच उपग्रह (चारोन, हाइड्रा, केरर्वेरस, निक्स एवं टिक्स रहेका) ।– यसलाई सन् १९३० मा ‘क्लाइड टम्बग’ले पत्ता लगाएका । ६. पुरातात्विक शिल्पी सङ्ग्रहालयको निर्माण कहाँ गरिएको छ ? गाउँसहरस्थित थुम्काडाँडा (लमजुङ)– (पहाडी दलित समुदायको पहिचानका रूपमा निर्माण भएको सो सङ्ग्रहालयमा पूर्वजहरूले बनाएका वस्तु राखिएको ।)७. बास्केटबल खेलमा हुप कति फिट उचाइमा रहेको हुन्छ ? १० फिट ८. नेपालमा प्रथम राष्ट्रिय स्की (हिउँमा चिप्लिने खेल) कुन जिल्लामा आयोजना भएको हो ? रसुवा९. प्रथम दक्षिण एसियाली खेलकुद प्रतियोगिता कहिले र कहाँ आयोजना भएको हो ? सन् १९८४ सेप्टेम्बर १७–२३, काठमाडौँ– नेपालमा आयोजना भएका साग खेलकुद प्रतियोगिता – प्रथम सन् १९८४ काठमाडौँ– आठौँ सन् १९९९ काठमाडौँ– १०औँ सन् २०१९ काठमाडौँ, पोखरा, जनकपुर १०. साहसिक खेल भिया फराटा नेपालमा पहिलो पटक कुन ठाउँमा आयोजना गरियो ? ग्याल्जेन पिकको बेस क्याम्प (जुगल हिमाल)११. नेपालमा पहिलो पटक बिनाअप्रेसन मुटुको भल्भको सफल प्रत्यारोपण गर्ने अस्पताल कुन हो ? शहीद गङ्गालाल हृदय केन्द्र१२. वित्तीय संस्थाका लागि जलवायु परिवर्तन कानुन लागू गर्ने विश्वकै पहिलो राष्ट्र कुन हो ? न्युजिल्यान्ड (सन् २०२१)१३. इन्डोनेसियाको संसद्द्वारा राजधानी सार्ने कानुन कहिले पारित भएको हो ? सन् २०२२ जनवरी १८१४. उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को स्थापना कहिले भएको हो ? सन् १९४९ अप्रिल ४– दोस्रो विश्व युद्धपश्चात् युरोपमा रुसको विस्तारलाई रोक्ने उद्देश्यका साथ यस संस्थाको स्थापना भएको । अमेरिकाको वासिङ्टनमा हस्ताक्षरित यो सन्धि उत्तर एटलान्टिक सन्धिका आधारमा स्थापित सङ्गठन हो ।– नर्थ एट्लान्टिक एलायन्स र वासिङ्टन ट्रिटी भनेर पनि चिनिने यो एक अन्तरसरकारी सैन्य गठबन्धन हो ।– १२ संस्थापक सदस्य राष्ट्र रहेको यस संस्थामा २८ युरोपियन र दुई अमेरिकी राष्ट्र आबद्ध रहेका । – सङ्गठनका संस्थापक सदस्य राष्ट्रहरू ः अमेरिका, फ्रान्स, बेलायत, क्यानडा, नेदरल्यान्ड, बेल्जियम, डेनमार्क, लक्जेम्बर्ग, नर्वे, आइसल्यान्ड, इटाली र पोर्चुगल । १५. नेपालको पहिलो खुला दिसामुक्त घोषित जिल्ला कुन हो ? कास्की– घोषणा भएको मिति ः वि.सं. २०६८ असार १०– खुला दिसामुक्त घोषणा हुने दोस्रो जिल्ला ः चितवन (२०६८ असोज ६) – तेस्रो ः तनहुँ (२०६९ साउन ३) – सबैभन्दा पछि खुला दिसामुक्त घोषित जिल्ला ः भोजपुर (२०७६ असोज ४)– नोट ः दक्षिण एसियामै खुला दिसामुक्त घोषित हुने पहिलो राष्ट्र नेपाल २०७६ असोज १३ (सन् २०१९ सेप्टेम्बर ३०) रहेको ।१६. सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता २०७९ को उपाधि कसले जित्यो ? मच्छिन्द्र फुटबल क्लब– २०७९ फागुन ७ मा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्रले उपाधि चुमेको ।– मच्छिन्द्रले पहिलो पटक राजर्षि जनक कपको ट्रफी उचाल्दै नगद १० लाख रुपियाँ प्राप्त गरेको । – उपविजेता बनेको जावलाखेलले पाँच लाख रुपियाँ प्राप्त गरेको । – २५ माघदेखि भएको प्रतियोगितामा एक विदेशी, दुई विभागीयसहित ‘ए’ डिभिजन र मोफसल तथा आयोजकसमेत गरी १२ वटा टोलीको सहभागिता रहेको । – प्रतियोगितामा बागमती युवा क्लवका सृजन गौतम सर्वोत्कृष्ट खेलाडी घोषित भएका । यसैगरी मच्छिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक, जावलाखेलका सिमान्त थापा उत्कृष्ट डिफेन्डर, जावलाखेलकै समिराज ठोकर उत्कृष्ट मिड फिल्डर एवं मच्छिन्द्रका विमल घर्तीमगर उत्कृष्ट घोषित भएका ।१७. नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त हुने पहिलो महिला कुलपति को हुन् ? रङ्गकर्मी निशा शर्मा पोखरेल (वि.सं. २०७९ फागुन)– नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भूपाल राई एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नारदमणि हार्तम्छाली नियुक्त भएका ।१८. कञ्चनपुरस्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास कहिले गरिएको हो ? वि.सं. २०७७ फागुन १० – सरकारले प्रस्ताव गरेका १५ नयाँ औद्योगिक क्षेत्रमध्ये आगामी पाँच वर्षमा सम्पन्न गर्ने गरी छवटा क्षेत्रको निर्माण कार्यलाई अघि बढाइएको । सरकारले आ.व. २०७७÷७८ को नीति तथा बजेटमा सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरिएको । कञ्चनपुरको दैजी–छेला, बाँकेको नौवस्ता, रुपन्देहीको मोतीपुर, चितवनको शक्तिखोर, मकवानपुरको मयुरधाप तथा झापाको दमक औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले २०७७ चैत्रमा निर्णय गरेको थियो ।१९. संयुक्त राष्ट्रसङ्घको विकास नीति समिति (सीडीपी)ले नेपाललाई कति अवधिको तयारी समय दिएर विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ? पाँच वर्ष (सन् २०२६)– संयुक्त राष्ट्रसङ्घीय विकास नीति समिति (सीडीपी)ले नेपाललाई विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेको । नेपाल अब अति कम विकासित देशबाट विकासशील देशमा स्तरोन्नति हुने भएको तर त्यसका लागि समय भने केही पर सरेको छ । नेपालले पाँच वर्षको सहुलियतपूर्ण समय पाएको छ ।– सन् २०२१ फेब्रुअरी २२ देखि २६ सम्म चलेको सीडीपीको त्रैमासिक समीक्षाका क्रममा नेपालले कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नतिका लागि मापदण्ड पूरा गर्दै रहेको पाइएकाले तयारीका लागि पाँच वर्ष समय दिएर यो सिफारिस गरिएको स्पष्ट पारेको ।– अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन संयुक्त राष्ट्रसङ्घले आय, आर्थिक जोखिम र मानव सम्पत्तिसँग सम्बन्धित तीनवटा मापदण्ड तोकी सोअनुसारका सूचक पूरा हुनुपर्ने सर्त राखेको भए पनि दुईवटा मापदण्ड मात्र पूरा भए स्तरोन्नति हुन सकिने प्रावधान छ । आर्थिक जोखिम तथा मानव सम्पत्ति सूचकमा तोकिएको न्यूनतम अङ्क (थ्रेसहोल्ड) कायम भएकाले नेपाल सन् २०१५ मा नै अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि योग्य थियो तर नेपालकै अनुरोधमा यस्तो स्तरोन्नतिलाई स्थगन गरिएको थियो । – राष्ट्रसङ्घको प्रचलनअनुसार नयाँ स्तरोन्नत मुलुकले थप तीन वर्ष तयारीका लागि समय पाउने प्रावधान छ । नेपालले २०२४ सम्ममा स्तरोन्नतिका निर्धारित तीनवटै मापदण्ड पूरा गर्नुपर्ने हो तर कोभिड–१९ का कारण उत्पन्न विश्वव्यापी असामान्य अवस्थामा नेपालले गरेको विशेष अनुरोध अनुसार दुई वर्ष बढाई सन् २०२६ सम्ममा यस्ता सूचक पूरा गर्न पाउने सुविधा पाएको छ ।– त्यसैगरी सन् २०३० मा नेपाललाई मध्यम आयको देश बनाउने पनि चुनौती रहेको छ ।२०. नेपाल सरकारद्वारा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ? वि.सं.२०७२ चैत २५– (स्वास्थ्य उपचारमा हुने खर्चको भारलाई अग्रिम व्यवस्थापन गरी आमनागरिकको उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको ।)२१. नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि भएको हो ? वि.सं. २०७७ फागुन २२ – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै अभियान थालनी गरिएको । – सूचीकरण अभियानपश्चात् सरकारबाट उपलब्ध हुने सेवासुविधा वास्तविक किसानले पाउने विश्वास गरिएको ।– युरोपियन युनियनको सहयोगमा किसान सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम सञ्चालन भएको ।२२. एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ? सन् १९६१ – वैचारिक आस्था एवं राजनीतिक तथा धार्मिक मतभेदका कारण बन्दी वनाइएकाको सहयोग गर्ने उद्देश्यका साथ यो संस्थाको स्थापना भएको ।– विविध पक्ष (राजनीतिक, धार्मिक, सांस्कृतिक)का आस्थाका बन्दीको अभिलेख तयार गरी तिनीहरूको मुक्तिका लागि सम्बन्धित मुलुकसमक्ष अनुरोधसाथ सिफारिस गर्ने कार्य यसले गर्दछ ।– ‘अन्तर्राष्ट्रिय क्षमादान सङ्गठन’ भनेर पनि चिनिने यस संस्थाको स्थापना बेलायतका कानुनविद् पिटर वेनेन्सनको सक्रियतामा भएको ।– यसको प्रधान कार्यालय बेलायतको लन्डनमा रहेको ।२३. ‘नेपाल आँखा बैङ्क’को स्थापना कहिले र कहाँ भएको हो ? सन् १९९४, तिलगङ्गा (काठमाडौँ)– आँखाको नानी प्रत्यारोपण गर्ने सुविधा प्रदान गर्ने उद्देश्यले यसको स्थापना भएको ।– अन्तर्राष्ट्रिय आँखा बैङ्कको सङ्घ बाल्टिमोर (अमेरिका)को प्राविधिक सहयोग एवं सहायतामा यस बैङ्कको स्थापना भएको ।– आँखा दान गर्ने व्यक्ति मरेको १२ घण्टाभित्र आँखाको सबैभन्दा बाहिर पट्टि रहेको पातलो झिल्ली अर्थात् कोर्निया झिकी यस बैङ्कमा सुरक्षितसाथ राखी अर्को व्यक्तिमा प्रत्यारोपण गरिने ।२४. अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिले मनाइन्छ ? फेब्रुअरी २१– (सन् २००० देखि २१ फेब्रुअरीलाई विश्वभरि नै मातृभाषा दिवसका रूपमा मनाउन थालिएको ।)२५. चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना कहिले सार्वजनिक गरेको हो ? सन् २०१९ जुलाई २४– प्रतिरक्षा योजना सन् २०१२ यता पहिलो पटक सार्वजनिक गरिएको ।– विश्वमा सबैभन्दा बढी सैनिक रहेको चीन प्रतिरक्षामा सबैभन्दा बढी खर्च गर्ने मुलुकको सूचीमा विश्वमै दोस्रो स्थानमा पर्ने । यस सूचीमा अमेरिका पहिलो स्थानमा रहेको ।प्रस्तुतकर्ता: टंक के.सी.
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई बलियो बनाउनु आफ्नो एक मात्र लक्ष्य भएको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले मुख्यमन्त्री अधिकारीको सम्मान कार्यक्रम आयोज
जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् । पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन् ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सभामुखको मर्यादा नभुल्ने बताउनुभएको छ । कालीगण्डकी गाउँपालिका–७ मा कालीगण्डकी अस्पतालको शिलान्यास तथा अध्यक्ष कप खेलकुद महोत्वसमा सभामुख घिमिरेले आफ्नो काम
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा समेत विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन ‘इभीएम’)को प्रयोग नहुने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा थोरै सङ्ख्यामा मतदाता रहने हुँदा इभीएमको प्रयोग गर्न सकिने सम्भावना थियो ।
सप्तरीमा भइरहेको विकासको पूर्वाधारमा कमसल सामग्री प्रयोग हुँदै आएको स्थानीय सरकारले गुनासो गरेका छन् । सङ्घीय सरकारको बजेटबाट निर्माण भइरहेका काममा यस्तो गुनासो आएको हो ।
सर्लाही ईश्वरपुर नगरपालिका–१५, सोकनाहकी सुदामादेवी हजाम ठाकुरले २०७६ सालमा गाउँकै रामचन्द्र राय यादवसँग २० हजार रुपियाँ ऋण लिनुभयो ।
चुरे क्षेत्रको भूक्षयसँगै त्यस क्षेत्रमा रहेका कतिपय ताल, तलैया र पोखरीलगायतका दलदले भूमिमा अवस्थित सिमसारहरू धमाधम सुक्न थालेपछि राष्ट्रपति चुरे तथा तराई मधेश संरक्षण विकास समितिले सिमसार क्षेत्रको संरक्षणलाई उच्च प्राथमिकता दिएको छ ।
आइतबार राति ११ बजे कोसी अस्पताल विराटनगरमा कटहरी–५ का ६२ वर्षीय रमानन्द राम गाडी खोज्दै हिँडिरहनु भएको थियो । अस्पताल परिसरमा भएका गाडीलाई लास बोक्नुपर्ने भन्दै भाडा सोधिरहेको बेला
भारतबाट विराटनगर प्रवेश गर्ने रानी नाकामा निर्माण गरिने भनेको स्वागतद्वारको काम सुरु हुन सकेको छैन । निर्माण सम्पन्न गर्नका लागि तोकिएको समयभन्दा आठ महिना बढी बितिसक्दासमेत निर्माण नै सुरु हुन नसकेको हो ।
प्राकृतिक स्रोतको प्रयोग गर्ने विषयमा दुई प्रदेशका दुई पालिकाबीच विवाद भएपछि नदीजन्य पदार्थ उत्खनन रोकिएको छ । गण्डकी प्रदेशको शहीद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको बीचमा रहेको त्रिशूली नदीको गिट्टी, बालुवा प्रयोगको विषयमा विवाद भएपछि उत्खनन रोकिएको हो । शहीद लखन गाउँपालिकाले गत माघ २२ गते ठेक्का लगाएर चितवनको कुरिनटार नजिकै पारितर्फ नदीजन्य पदार्थ उत्खनन सुरु गरेको थियो ।
गुरुङ भाषा
मेचे भाषा
नारद कोहारतौलिहवा, फागुन ९ गते। एक स्टिल फर्निचर मर्मत केन्द्रका मालिक र उहाँका छोरा चोरी आरोपमा पक्राउ परेका छन्। कपिलवस्तु नगरपालिका १ का फलफूलका थोक व्यापारी सनी उल्लाह कुजाडाले आफ्नो बिग्रेको दराज मर्मत गर्न फागुन १ गते श्रीमती रेशमा कुजडामार्फत सो मर्मत केन्द्रमा दराज दिनुभएको थियो । केही दिन अघि फलफूल व्यापारी कुजडाले आफ्नी श्रीमती रेशमालाई ३० लाख रुपियाँ नगद राख्न दिनुभएको थियो । रेशमाले सो रकम त्यही दराजको लकरमा राख्नुभएको थियो ।फलफूल व्यापारीको घरमा विवाह परेकोले सबै जना त्यसैमा व्यस्त थिए। दराजको लकरमाथि समेत साढे चार लाख रकम राखिएको थियो। जुन रकम रेशमाले निकालेर घरमै राख्नुभएको थियो । रेशमाले सो दराज मर्मत गर्न फर्निचर मर्मत केन्द्रमा पठाउनुभयो। तर लकरमा रहेको ३० लाख रुपैयाँ भने निकाल्न बिर्सिनुभयो।फागुन ४ गते फलफूल व्यापारी सनी उल्लाहले सो पैसा श्रीमतीसँग माग्दा सबै पैसा मर्मत गर्न पठाएको दराजमै रहेको बताउनुभयो। त्यसको केही बेरमै व्यापारी सनी र उहाँका भाइसहित मर्मत केन्द्रमा पुगेर पैसा दिन आग्रह गर्नुभयो। तर फर्निचर मर्मत व्यापारी एस मोहम्मद् फकिरले आफूलाई त्यस बारे केही जानकारी नभएको बताउनुभयो। फलफूल व्यापारीले तत्कालै तौलिहवा वडा प्रहरी कार्यालयमा मौखिक उजुरी दिए। उजुरी लगत्तै फर्निचर मर्मत केन्द्रका मालिक एस माहोम्मदको घरमा खानतलासी गर्दा २४ लाख ७७ हजार नगद फेला परेको प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो। फर्निचर मर्मत व्यापारीले केही पैसा खर्च भएको प्रहरी समक्ष बयान दिएका छन्। एस मोहम्मद र निजको छोरा वर्ष २१ को इसराज फकिरलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो। दुवैमाथि चोरीको मुद्दा लगाइएको उहाँले बताउनुभयो।फलफूल व्यापारी र फर्निचर मर्मत केन्द्रका मालिकबीच आपसी मित्रता रहेको थियो। मर्मत केन्द्रमा काम गर्ने मिस्त्रीले सो दराज मर्मत गर्दा लकरमा रकम देखेपछि आफ्नो बुवालाई फोन गरेर के गर्ने भनी सोधेका थिए। उहाँका बुवाले सो रकम बारे फर्निचर मर्मतका मालिकलाई जानकारी दिन भनेका थिए। त्यसपछि सो रकम फर्निचर मर्मत केन्द्रका मालिकले घरमा लुकाएका थिए। मिस्त्रीलाई एक हप्ताको छुट्टीसमेत दिएका थिए।
सत्ता साझेदार दल नेकपा (एमाले) का केन्द्रीय सचिव तथा पूर्व कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले गत पुस १० गतेको सहमति तोडे नेकपा (माओवादी केन्द्र) नेतृत्वको वर्तमान सरकार समस्यामा पर्ने बताउनुभएको छ । मङ्गलबार साँझ म्याग्दी सदरमुकाम बेनीमा पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा एमाले गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएकी अर्यालले सो कुरा बताउनुभएको हो ।