• १३ असोज २०८१, आइतबार

प्रदेशको सामर्थ्य बढाउने लक्ष्य : मुख्यमन्त्री अधिकारी

blog

पोखरा समाचारदाता

पोखरा, फागुन १० गते । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई बलियो बनाउनु आफ्नो एक मात्र लक्ष्य भएको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले मुख्यमन्त्री अधिकारीको सम्मान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले प्रदेश सरकारलाई बलियो बनाएर लैजानुपर्ने कुरा आफूले प्रधानमन्त्रीसमक्ष राखेको बताउनुभयो । उहाँले कार्यक्रममा बोल्दै प्रदेशलाई अधिकार नदिने हो भने प्रदेश सरकार हिजोको जिल्ला विकास समिति र जिसस (जिल्ला समन्वय समिति)जस्तो हुने बताउनुभयो । उहाँले कर्मचारी समायोजनमा अझै समस्या रहेको पनि खुलासा गर्नुभयो । “यहाँ तीन हजार कर्मचारी आएको भनियो तर को कहाँ छन्, थाहा छैन,” उहाँले भन्नुभयो । 

मुख्यमन्त्री अधिकारीले सङ्घ सरकारले सयौँ टुक्रे योजना आफूखुसी प्रदेशमा दिएको र ठेक्का प्रक्रियामा गइसकेपछि रकम फिर्ता लगेर नचाहिँदो काम गरेको आरोप पनि लगाउनुभयो । “सङ्घको यस्तो कामले पुँजीगत खर्च बढ्छ ? उहाँको  प्रश्न थियो । निजी क्षेत्रसँग मिलेर, पुँजीगत खर्च बढाएर र ठूला परियोजना निर्माण गरी गण्डकीलाई समृद्ध बनाउने उद्घोष उहाँले गर्नुभयो ।” 

कालीगण्डकी डाइभर्सनको विरोध गर्ने र प्रदेश बलियो बनाउनुपर्छ भन्ने मान्यता राख्ने पहिलो व्यक्ति नै आफू भएको जिकिर गर्दै उहाँले भन्नुभयो, “कालीगण्डकी डाइभर्सन भन्ने कुरा कुनै ठूला नेताले बोलेर हुन्छ ? उत्तरगङ्गा परियोजना सुनको अन्डा पार्ने प्रोजेक्ट (परियोजना) हो, किन हामीलाई गर्न नदिने ? हामी यसलाई आफ्नै स्रोतबाट बनाउन सक्छौँ ।” 

उहाँले सङ्घ सरकारका विभिन्न कानुनी अवरोधका कारण जग्गा प्राप्ति र भौतिक निर्माणमा अप्ठेरो परेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “त्रिवेणीसम्म त हामी आफैँ जान पाउनुप-यो 

िन, यस्तो अवरोध छ कि, कहिले वातावरणीय मूल्याङ्कन गर्ने, कहिले के भनेर राजमार्ग रोकिएको छ । यो राम्रो होइन ।” 

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले गण्डकी प्रदेशवासीको क्रयशक्ति घटेको र प्रदेशको सामथ्र्य सुदूरपश्चिमभन्दा तल पुग्ने अवस्था आएको बताउँदै लगानी भिœयाउन वातावरण निर्माण र ठूला परियोजनाको खाका कोर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले मुख्यमन्त्रीसँग निजी क्षेत्र मैत्री व्यावसायिक वातावरण निर्माणका लागि पहल गर्न आग्रह गर्नुभयो । उहाँले बैङ्क तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजका कारण व्यवसायीहरू मर्कामा परेको उल्लेख गर्दै व्यवसायीमाथिको धरपकड अन्त्यको माग गर्नुभयो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन प्रवद्र्धनका लागि काम गर्न मुख्यमन्त्रीसँग आग्रह गर्नुभयो । उहाँले विहार र उत्तर प्रदेशका मुख्यमन्त्रीलाई पोखरा र मुक्तिनाथ भ्रमण गराउन तथा चिनियाँ पर्यटकलाई नेपाल भिœयाउनेतर्फ तत्काल काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री हरिबहादुर चुमान, आन्तरिक मामिला तथा कानुनमन्त्री रोशन गाहामगर, गण्डकी नीति तथा योनजा आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलको समेत उपस्थिति रहेको थियो ।