• ३० वैशाख २०८१, आइतबार

लोकसेवा विशेष: यो साताको बस्तुगत प्रश्नोत्तर

blog

१. कवि मोहनहिमांशु थापाको निधन कहिले भएको हो ?

वि.सं. २०७९ फागुन ४

२. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनअनुसार देशकै उत्कृष्ट बन्न सफल स्थानीय तह कुन हो ?

नरैनापुर (बाँके) 

सो मूल्याङ्कन प्रतिवेदन (२०७९ मा प्रकाशित) अनुसार प्युठान नगरपालिका दोस्रो र म्याग्दीको मङ्गला गाउँपालिका तेस्रो भएका । 

३. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)द्वारा प्रदान गरिएको इन्जा बौद्धिक अनुसन्धान वृत्ति पुरस्कार (२०७९)बाट कसलाई सम्मान गरियो ?

जगत नेपाल र माधवप्रसाद तिवारी 

४. नेपालमा निर्वाचन दिवस कहिले मनाइन्छ ?

फागुन ७ 

वि.सं. २०७९ फागुन ७ मा ७औँ निर्वाचन दिवस मनाइएको ।

५. यम (प्लुटो)लाई ग्रहको स्तरबाट हटाई पुड्के ग्रह (ड्वार्फ प्लानेट)को मान्यता कहिले दिइएको हो ? 

सन् २००६ 

यसका पाँच उपग्रह (चारोन, हाइड्रा, केरर्वेरस, निक्स एवं टिक्स रहेका) ।

यसलाई सन् १९३० मा ‘क्लाइड टम्बग’ले पत्ता लगाएका । 

६. पुरातात्विक शिल्पी सङ्ग्रहालयको निर्माण कहाँ 

गरिएको छ ?

गाउँसहरस्थित थुम्काडाँडा (लमजुङ)

(पहाडी दलित समुदायको पहिचानका रूपमा निर्माण भएको सो सङ्ग्रहालयमा पूर्वजहरूले बनाएका वस्तु राखिएको ।)

७. बास्केटबल खेलमा हुप कति फिट उचाइमा रहेको हुन्छ ?

१० फिट 

८. नेपालमा प्रथम राष्ट्रिय स्की (हिउँमा चिप्लिने खेल) कुन जिल्लामा आयोजना भएको हो ?

रसुवा

९. प्रथम दक्षिण एसियाली खेलकुद प्रतियोगिता कहिले र कहाँ आयोजना भएको हो ?

सन् १९८४ सेप्टेम्बर १७–२३, काठमाडौँ

नेपालमा आयोजना भएका साग खेलकुद प्रतियोगिता 

प्रथम सन् १९८४ काठमाडौँ

आठौँ सन् १९९९ काठमाडौँ

१०औँ सन् २०१९ काठमाडौँ, पोखरा, जनकपुर 

१०. साहसिक खेल भिया फराटा नेपालमा पहिलो पटक कुन ठाउँमा आयोजना गरियो ? 

ग्याल्जेन पिकको बेस क्याम्प (जुगल हिमाल)

११. नेपालमा पहिलो पटक बिनाअप्रेसन मुटुको भल्भको सफल प्रत्यारोपण गर्ने अस्पताल कुन हो ?

शहीद गङ्गालाल हृदय केन्द्र

१२. वित्तीय संस्थाका लागि जलवायु परिवर्तन कानुन लागू गर्ने विश्वकै पहिलो राष्ट्र कुन हो ?

न्युजिल्यान्ड (सन् २०२१)

१३. इन्डोनेसियाको संसद्द्वारा राजधानी सार्ने कानुन कहिले पारित भएको हो ?

सन् २०२२ जनवरी १८

१४. उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को स्थापना कहिले भएको हो ?

सन् १९४९ अप्रिल ४

दोस्रो विश्व युद्धपश्चात् युरोपमा रुसको विस्तारलाई रोक्ने उद्देश्यका साथ यस संस्थाको स्थापना भएको । अमेरिकाको वासिङ्टनमा हस्ताक्षरित यो सन्धि उत्तर एटलान्टिक सन्धिका आधारमा स्थापित सङ्गठन हो ।

नर्थ एट्लान्टिक एलायन्स र वासिङ्टन ट्रिटी भनेर पनि चिनिने यो एक अन्तरसरकारी सैन्य गठबन्धन हो ।

१२ संस्थापक सदस्य राष्ट्र रहेको यस संस्थामा २८ युरोपियन र दुई अमेरिकी राष्ट्र आबद्ध रहेका । 

सङ्गठनका संस्थापक सदस्य राष्ट्रहरू ः अमेरिका, फ्रान्स, बेलायत, क्यानडा, नेदरल्यान्ड, बेल्जियम, डेनमार्क, लक्जेम्बर्ग, नर्वे, आइसल्यान्ड, इटाली र पोर्चुगल । 

१५. नेपालको पहिलो खुला दिसामुक्त घोषित जिल्ला कुन हो ?

कास्की

घोषणा भएको मिति ः वि.सं. २०६८ असार १०

खुला दिसामुक्त घोषणा हुने दोस्रो जिल्ला ः चितवन (२०६८ असोज ६) 

तेस्रो ः तनहुँ (२०६९ साउन ३) 

सबैभन्दा पछि खुला दिसामुक्त घोषित जिल्ला ः भोजपुर (२०७६ असोज ४)

नोट ः दक्षिण एसियामै खुला दिसामुक्त घोषित हुने पहिलो राष्ट्र नेपाल २०७६ असोज १३ (सन् २०१९ सेप्टेम्बर ३०) रहेको ।

१६. सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता २०७९ को उपाधि कसले जित्यो ?

मच्छिन्द्र फुटबल क्लब

२०७९ फागुन ७ मा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्रले उपाधि चुमेको ।

मच्छिन्द्रले पहिलो पटक राजर्षि जनक कपको ट्रफी उचाल्दै नगद १० लाख रुपियाँ प्राप्त गरेको । 

उपविजेता बनेको जावलाखेलले पाँच लाख 

रुपियाँ प्राप्त गरेको । 

२५ माघदेखि भएको प्रतियोगितामा एक विदेशी, दुई विभागीयसहित ‘ए’ डिभिजन र मोफसल तथा आयोजकसमेत गरी १२ वटा टोलीको सहभागिता रहेको । 

प्रतियोगितामा बागमती युवा क्लवका सृजन गौतम सर्वोत्कृष्ट खेलाडी घोषित भएका । यसैगरी मच्छिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक, जावलाखेलका सिमान्त थापा उत्कृष्ट डिफेन्डर, जावलाखेलकै समिराज ठोकर उत्कृष्ट मिड फिल्डर एवं मच्छिन्द्रका विमल घर्तीमगर उत्कृष्ट घोषित भएका ।

१७. नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त हुने पहिलो महिला कुलपति को हुन् ?

रङ्गकर्मी निशा शर्मा पोखरेल (वि.सं. २०७९ फागुन)

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भूपाल राई एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नारदमणि हार्तम्छाली नियुक्त भएका ।

१८. कञ्चनपुरस्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास कहिले गरिएको हो ?

वि.सं. २०७७ फागुन १० 

सरकारले प्रस्ताव गरेका १५ नयाँ औद्योगिक क्षेत्रमध्ये आगामी पाँच वर्षमा सम्पन्न गर्ने गरी छवटा क्षेत्रको निर्माण कार्यलाई अघि बढाइएको । सरकारले आ.व. २०७७÷७८ को नीति तथा बजेटमा सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरिएको । कञ्चनपुरको दैजी–छेला, बाँकेको नौवस्ता, रुपन्देहीको मोतीपुर, चितवनको शक्तिखोर, मकवानपुरको मयुरधाप तथा झापाको दमक औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले २०७७ चैत्रमा निर्णय गरेको थियो ।

१९. संयुक्त राष्ट्रसङ्घको विकास नीति समिति (सीडीपी)ले नेपाललाई कति अवधिको तयारी समय दिएर विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ?

पाँच वर्ष (सन् २०२६)

संयुक्त राष्ट्रसङ्घीय विकास नीति समिति (सीडीपी)ले नेपाललाई विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेको । नेपाल अब अति कम विकासित देशबाट विकासशील देशमा स्तरोन्नति हुने भएको तर त्यसका लागि समय भने केही पर सरेको छ । नेपालले पाँच वर्षको सहुलियतपूर्ण समय पाएको छ ।

सन् २०२१ फेब्रुअरी २२ देखि २६ सम्म चलेको सीडीपीको त्रैमासिक समीक्षाका क्रममा नेपालले कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नतिका लागि मापदण्ड पूरा गर्दै रहेको पाइएकाले तयारीका लागि पाँच वर्ष समय दिएर यो सिफारिस गरिएको 

स्पष्ट पारेको ।

अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन संयुक्त राष्ट्रसङ्घले आय, आर्थिक जोखिम र मानव सम्पत्तिसँग सम्बन्धित तीनवटा मापदण्ड तोकी सोअनुसारका सूचक पूरा हुनुपर्ने सर्त राखेको भए पनि दुईवटा मापदण्ड मात्र पूरा भए स्तरोन्नति हुन सकिने प्रावधान छ । आर्थिक जोखिम तथा मानव सम्पत्ति सूचकमा तोकिएको न्यूनतम अङ्क (थ्रेसहोल्ड) कायम भएकाले नेपाल सन् २०१५ मा नै अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि योग्य थियो तर नेपालकै अनुरोधमा यस्तो स्तरोन्नतिलाई स्थगन गरिएको थियो । 

राष्ट्रसङ्घको प्रचलनअनुसार नयाँ स्तरोन्नत मुलुकले थप तीन वर्ष तयारीका लागि समय पाउने प्रावधान छ । नेपालले २०२४ सम्ममा स्तरोन्नतिका निर्धारित तीनवटै मापदण्ड पूरा गर्नुपर्ने हो तर कोभिड–१९ का कारण उत्पन्न विश्वव्यापी असामान्य अवस्थामा नेपालले गरेको विशेष अनुरोध अनुसार दुई वर्ष बढाई सन् २०२६ सम्ममा यस्ता सूचक पूरा गर्न पाउने सुविधा पाएको छ ।

त्यसैगरी सन् २०३० मा नेपाललाई मध्यम आयको देश बनाउने पनि चुनौती रहेको छ ।

२०. नेपाल सरकारद्वारा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?

वि.सं.२०७२ चैत २५

(स्वास्थ्य उपचारमा हुने खर्चको भारलाई अग्रिम व्यवस्थापन गरी आमनागरिकको उपचारमा 

सहज पहुँच पुर्याउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको ।)

२१. नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि भएको हो ?

वि.सं. २०७७ फागुन २२ 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै अभियान थालनी गरिएको । 

सूचीकरण अभियानपश्चात् सरकारबाट उपलब्ध हुने सेवासुविधा वास्तविक किसानले पाउने विश्वास गरिएको ।

युरोपियन युनियनको सहयोगमा किसान सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम सञ्चालन भएको ।

२२. एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ?

सन् १९६१ 

वैचारिक आस्था एवं राजनीतिक तथा धार्मिक मतभेदका कारण बन्दी वनाइएकाको सहयोग गर्ने उद्देश्यका साथ यो संस्थाको स्थापना भएको ।

विविध पक्ष (राजनीतिक, धार्मिक, सांस्कृतिक)का आस्थाका बन्दीको अभिलेख तयार गरी तिनीहरूको मुक्तिका लागि सम्बन्धित मुलुकसमक्ष अनुरोधसाथ सिफारिस गर्ने कार्य यसले गर्दछ ।

‘अन्तर्राष्ट्रिय क्षमादान सङ्गठन’ भनेर पनि चिनिने यस संस्थाको स्थापना बेलायतका कानुनविद् पिटर वेनेन्सनको सक्रियतामा भएको ।

यसको प्रधान कार्यालय बेलायतको लन्डनमा रहेको ।

२३. ‘नेपाल आँखा बैङ्क’को स्थापना कहिले र कहाँ भएको हो ?

सन् १९९४, तिलगङ्गा (काठमाडौँ)

आँखाको नानी प्रत्यारोपण गर्ने सुविधा प्रदान गर्ने उद्देश्यले यसको स्थापना भएको ।

अन्तर्राष्ट्रिय आँखा बैङ्कको सङ्घ बाल्टिमोर (अमेरिका)को प्राविधिक सहयोग एवं सहायतामा यस बैङ्कको स्थापना भएको ।

आँखा दान गर्ने व्यक्ति मरेको १२ घण्टाभित्र आँखाको सबैभन्दा बाहिर पट्टि रहेको पातलो झिल्ली अर्थात् कोर्निया झिकी यस बैङ्कमा सुरक्षितसाथ राखी अर्को व्यक्तिमा प्रत्यारोपण गरिने ।

२४. अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिले मनाइन्छ ?

फेब्रुअरी २१

(सन् २००० देखि २१ फेब्रुअरीलाई विश्वभरि नै मातृभाषा दिवसका रूपमा मनाउन थालिएको ।)

२५. चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना कहिले सार्वजनिक गरेको हो ?

सन् २०१९ जुलाई २४

प्रतिरक्षा योजना सन् २०१२ यता पहिलो पटक सार्वजनिक गरिएको ।

विश्वमा सबैभन्दा बढी सैनिक रहेको चीन प्रतिरक्षामा सबैभन्दा बढी खर्च गर्ने मुलुकको सूचीमा विश्वमै दोस्रो स्थानमा पर्ने । यस सूचीमा अमेरिका पहिलो स्थानमा रहेको ।

प्रस्तुतकर्ता: टंक के.सी.