• १७ असार २०८१, सोमबार

ताप्लेजुङ कारागार: क्षमता भन्दा ३० जना बढी कैदीबन्दी

blog

फुङ्लिङ, फागुन १० गते । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् । पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन् । 

महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले जानकारी दिनुभयो । कारागारमा हाल एक सय १५ कैदी र ४० थुनुवा छन् । कारागारमा जबरजस्ती करणी मुद्दाका ३२ कैदी र १० थुनुवा, कर्तव्य ज्यान मुद्दाका २८ कैदी र छ थुनुवा, अपहरण मुद्दाका नौ, डकैती मुद्दाका सात तथा ज्यान मार्ने अभियोगका सात कैदी सजाय भुक्तान गरिरहेका छन् । 

“क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कारागार व्यवस्थापनमा समस्या भएको छ”, जेलर  खवासले भन्नुभयो । कारागारमा दरबन्दीअनुसारका कर्मचारी नभएको उहाँको गुनासो छ । नौ जनाको दरबन्दी रहेकामा हाल  एक जेलर, एक कम्प्युटर अपरेटर र चार कार्यालय सहयोगी मात्र कार्यरत छन् ।