शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, फागुन १० गते । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज (बुधबार) दिउँसो १ बजेबाट सुरु भएको बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस हुँदैछ ।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्नुहुँदैछ ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।