• १३ मंसिर २०८१, बिहिबार

माली विस्फोटन : नेपाली सैनिक सुरक्षित

blog

नेपाली सेना : फाइल तस्बिर

काठमाडौँ,  फागुन  १० गते । अफ्रिकन मुलुक मालीमा विस्फोटनमा परी संयुक्त राष्ट्र सङ्घको शान्ति सैनिक मिसन (मिनुस्मा) मा कार्यरत सेनेगलका तीनजना शान्ति सैनिकको मृत्यु भएको छ । केन्द्र मालीमा मङ्गलबार भएको उक्त विस्फोटनमा परी अन्य पाँचजना सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ ।

मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । नेपाली सैनिक रहेको क्षेत्रको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । मालीको शान्ति मिसनमा नेपालका ‘स्टाफ’, ‘अब्जर्भर’ ‘कन्टिजेन्ट’समेत गरी एक सय ८१ सकल दर्जा कार्यरत छन् ।  रासस