राजन रावत
हुम्ला, फागुन १० गते । सुदूरपश्चिम प्रदेशको बाजुरामा आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको बिछ्या केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।हिमाली जिल्ला हुम्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
दुई पटक भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । प्रमुख जिल्ला अधिकारी श्रीमान पौडेलका अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा बिछ्यामा भूकम्प गएको हो । भूकम्पको क्षतिबारे अहिलेसम्म जानकारी नआएको उहाँले बताउनुभयो ।