काठमाडौं, फागुन १३ गते । नेकपा (एमाले) ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
नेम्वाङ गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा इलाम क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको थियो । एमाले बैठक पार्टी कार्यालयमा जारी छ । आज (शनिबार) राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ ।