गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आएपछि लैङ्गिक हिंसामा कमी आएको बताउनुभएको छ ।
बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन अवस्थाको गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणमा सहयोग गर्ने भएको छ । प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा निर्माणाधीन क्रिकेट रङ्गशालाले पूर्णता पाउने भएको हो ।
नेपालले एएफसी एसिया कप २०२७ र फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत यमनविरुद्धको पहिलो लिगका लागि तयारी थालेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको राहत वितरणका लागि उनीहरूको सही तथ्याङ्क लिन र वास्तविक पीडित ठगिने अवस्था नआओस् भनेर सचेत हुन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै नेताहरू एक ठाउँ उभिएको बताउनुभएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा चार राष्ट्रबिच हुने महिला टी-२० शृङ्खलाका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
भूकम्पपीडितलाई भूपाल प्रज्ञापरिषद्ले दश लाख सहयोग गरेको छ । प्रज्ञापरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
प्रहरीले लागू औषधसहित छुट्टा–छुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ ।
शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबिच छलफल सकिएको छ । सिंहदरबारमा मङ्गलबार अपराह्न भएको छलफलमा शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति बलियो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
पोल्याण्डमा वैदेशिक रोजगारीमा पठाउने भनी ३८ लाख रुपियाँ ठगी गर्ने ३९ वर्षीय सुनिता कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।
तीस महिनाभित्र कालोपत्रे गरिसक्ने गरी कञ्चनपुरमा ६४ किलोमिटर हुलाकी सडक निर्माण थालिएको साढे छ वर्षमा पनि पूरा हुन सकेको छैन ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायका कर्मचारीहरूले भूकम्प प्रभावितहरूको राहतका लागि सहयोग गर्ने भएका छन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउत संयोजकत्वमा बसेको बैठकले संयोग गर्ने निर्णय गरेको हो ।
नेपालमा ९० प्रतिशत मानसिक रोगीहरूले मानसिक स्वास्थ्योपचारबाट वञ्चित भएको मनोचिकित्सकहरूले बताएका छन् ।
नेपाली कांग्रेसको पूर्व निर्धारित महासमिति बैठकको मिति पुनः सरेको छ ।