समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
हामी हिमाल, मधेश, पहाडका कुनै क्षेत्रमा बसोबास किन नगरौँ, कुनै जातजाति, भाषाभाषी, धर्मावलम्बी किन नहोऊ, कुनै पेसा, व्यवसायमा संलग्न किन नहोऊ, विभिन्न राजनीतिक दल, सङ्घ संस्था सङ्गठनमा आबद्ध किन नहोऊ, हामी सबै नेपाली हौँ र हाम्रो मातृभूमि नेपाल हो । हामी सबैको मर्म र दर्द एउटै हो । यो मर्म र दर्द मेटाउन हामी सबैले पहाड, तराई, हिमालका कुनाकाप्चा, डाँडाकाँडा, भिरपखेरा, खेतबारी, मैदान हराभरा गर्न अनवरत कठिन परिश्रम गरिरहेका छौँ । क्रान्तिमा बारबार पसिना बगाइरहेका छौँ, बलिदान दिइरहेका छौँ, शासन व्यवस्थामा पनि परिवर्तन भइरहेको छ तर हाम्रो मर्म र दर्द कहिल्यै नमेटिने किन ? हामीबिच नै ५ प्रतिशत सम्पन्न र शक्तिशाली, ९५ प्रतिशत गरिब शक्ति र सम्पत्तिहीन किन ? कारण के ?
अहिले शिक्षा विधेयक संसद्मा बहसका लागि राखिएको छ । यसबारे संसद्भित्रबाट र बाहिरबाट बहसहरू भइरहेका छन् । शिक्षाविद्हरूका धारणा सञ्चार माध्यममा आइरहेका छन् । विधेयकले लामो समयपछि संसद्मा स्थान पाएको हो । शिक्षासँग सम्बन्धित व्यक्तिहरूलाई यसप्रति जिज्ञासा लाग्नु स्वाभाविक नै हो । नेपालको शिक्षाको इतिहास धेरै लामो छैन । २००७ सालको क्रान्तिपश्चात् शिक्षामा आएको प्रगतिलाई भने कम आकलन गर्नु हुँदैन । पञ्चायतकालमा नयाँ शिक्षाबाट विभिन्न चिरामा रहेका शिक्षाका हाँगाहरूलाई एउटा जरामा जोड्ने काम भएको थियो । त्यसपछि विभिन्न कालखण्डमा आरोह/अवरोह पार गर्दै नेपालको शिक्षा आजको अवस्थामा आइपुगेको हो ।
नेपाल पुलिस क्लव ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
गोरखाको आरुघाट गाउँपालिकामा पर्ने स्तुल खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानीको वातावरण सकारात्मक रहेको बताउनुभएको छ । राजधानीमा सोमबार आयोजित एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) को ३७ औँ सम्मेलन उद्घाटन कार्यक्रममा उहाँले लगानीका लागि नेपाल उपयुक्त मुलुक भएकाले सम्मेलनमा सहभागी उद्यमी व्यवसायीलाई लगानी ल्याउन पनि आग्रह गर्नुभयो ।
जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सय एक कायम भएको छ । यसअघि जाजरकोटमा मात्र एक सय पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको थियो ।
राष्ट्रिय योजना आयोगले १६ औँ योजनाका लागि प्रदेशगत रूपमा छलफल सुरु गरेको छ । योजना आयोगले कर्णाली प्रदेशबाहेक अरू छ प्रदेशमा योजना अनुरूप छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि टोली खटाएको जनाएको छ । आयोगले सोमबार बागमती र मधेश प्रदेशसहितका ठाउँमा छलफल सुरू गरेको जानकारी गरायो । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मुख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिसमेत सहभागिता रहेको थियो ।
कवि शकुन्तला जोशीलाई एनएलजी कलाश्री सिर्जना पुरस्कार प्रदान गरिएको छ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले आयोजना गरेको विशेष शान्ति कविता गोष्ठीमा जोशीलाई पुरस्कार प्रदान गरिएको हो । कवि तुलसी दिवसलगायतका अतिथिले कवि जोशीलाई सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो ।
विशेष अदालतले सार्वजनिक सम्पत्ति हिनामिनाको अभियोगमा तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माण समितिका अध्यक्ष र सदस्य तथा प्रधानाध्यापकलाई अदालतले दोषी ठहर गरेको हो । अदालतले सोमबार सजाय निर्धारण गर्दै निर्माण समिति अध्यक्ष कन्हैया साह कानु, प्रधानाध्यापक रामवचन प्रसाद, समिति सदस्य रामचन्द्र साह कानुलाई दुई वर्ष छ महिना कैद सजाय निर्धारण गरेको छ ।
१४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ ।
तिहार नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ महँगिएको छ । सरकारको ध्यान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा केन्द्रित हुँदा केही व्यापारीले यही मौका छोपी आफूखुसी मूल्य तोकेपछि अधिकांश उपभोग्य वस्तुका भाउ महँगिएको हो । उद्योगी तथा व्यापारीहरूले यही मौका छोपेर आफूखुसी मूल्य तोकेर बिक्री गरेका छन् । यता उपभोक्ता भने व्यापारीले जति भने पनि किन्न बाध्य भएका छन् ।
चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अलैँची निर्यात ५६.८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ७६ लाख सात हजार रुपियाँको निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा वृद्धि भएको हो । गत वर्ष सो अवधिमा एक अर्ब २० करोड ६१ लाख ४५ हजार रुपियाँको अलैँची निर्यात भएको थियो ।
शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर दुई वटा ठुला पराकम्पन गएका छन् । ६.४ रेक्टर स्केलको भूकम्प गएपछि सोमबार अपराह्न ४:३१ मा बारेकोट नै केन्द्रबिन्दु रहेको ५.८ रेक्टरको पराकम्पन गएको हो । त्यसलगत्तै ४:४० मा ४.५ रेक्टर स्केलको अर्को पराकम्पन गएको थियो । परकम्पले शुक्रबार चर्किएर भत्किन लागेका घर भत्किएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी हरिशचन्द्र शर्माले पुनः पराकम्पन गएकाले क्षतिको विवरण थप हुन सक्ने बताउनुभयो । ठुला पराकम्पन गएपछि जाजरकोटवासी थप त्रसित बनेका छन् ।
सशस्त्र प्रहरी बल नेपालले विपत्को समयमा प्रयोग गरिने पाँच वटा ‘डिजास्टर रिलिफ सिस्टम (डिआरएस)’ कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाले भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई राहतका लागि डिआरएस कन्टेनर पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार महेश्वरी वाहिनी मुख्यालय सुर्खेतबाट जाजरकोटका लागि तीन र ज्वालामाई गण दाङबाट दुई वटा कन्टेनर रुकुमपश्चिमका लागि पठाइएको हो ।