सरकारले टिकटकलगायत सामाजिक सञ्जालमा अश्लील सामग्री राख्नेलाई कानुनी दायरामा ल्याउने भएको छ । त्यसका लागि गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका नियामक निकायले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । गृह मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरी टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा द्वेष फैलाउने, विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्री राख्ने र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।
पोखरास्थित सेती नदी किनारमा आज एक मानवको भौतिक शरीर विलीन भयो। जन्मले बेलायती कलिन फिलिम स्मिथ भए पनि मन, वचन र कर्मले नेपाली नागरिक पुतलीबाजेको अन्त्येष्टि सेती नदी किनारमा गरिएको हो । विसं २०२२ माघमा पहिलो पटक नेपाल आई यहीँ अध्ययन र बसोबास गरेर नेपालमा नै अन्तिम श्वास फेर्ने इच्छा गर्नुभएका उहाँको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर सम्मान प्रदान गरियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उहाँको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाउनुभएको थियो । नेपालमा बसेर पुतलीको अध्ययन गर्नुभएकाले ‘पुतलीबाजे’ का नामले उहाँ प्रख्यात हुनुभयो । यी सबै योगदानस्वरूप उहाँलाई नेपालको मानार्थ नागरिकता प्रदान गरिएको थियो ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि भारत सरकारद्वारा प्रदान गरिएको राहत सामग्रीको दोस्रो खेप बोकेर सोमवार बेलुकी भारतीय वायुसेनाको विमान नेपालगन्ज पुगेको छ ।
सोमबार दिउँसो जाजरकोटको रामिडाँडामा गएकोे भूकम्पमा परेर रुकुम पश्चिममा सात र जाजरकोटमा ६ जना गरी १३ जना घाइते भएका छन् ।
सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
नेकपा (एमाले) ले जाजरकोट भूकम्पमा परी घरबारबिहीन भएका पीडितलाई एक करोड रुपियाँ बरावरको राहत सामग्री वितरण गर्नेभएको छ
नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टि २० विश्वकप एसिया क्वालिफायरमा उपविजेता बनेर विश्वकप टि २० मा चयन हुन सफल नेपाल क्रिकेट टिमलाई ५० लाख रुपियाँले पुरस्कृत गर्ने भएको छ ।
जाजरकोटमा गएको भूकम्पबाट पीडितलाई सहयोग गर्न जनवादी गणतन्त्र चीन सरकारले १० करोड रुपियाँ मूल्य बराबरका सामान नेपाल पठाएको छ ।
इंगल्याण्डमा रहेको नेपाल रन यूके क्लबले आइतबार लण्डनस्थित नर्थला पार्कमा “नर्थल्ट १० के” दौड कार्यक्रम आयोजना गरेको छ ।
समाजवादी मोर्चा, कीर्तिपुर नगर समितिले विकासमुखी, जनमुखी, प्रभावकारी कार्यसम्पादनको माग गर्दै कीर्तिपुर नगरपालिकालाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न राज्य व्यवस्था तथा सुशासन समितिको टोली बुधबार जाजरकोट र रुकुमपश्चिम जानेभएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार १०ः५१ बजे शुभ रहेको जनाएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरस्थित केशलीया नदीको तटबन्धसँगै सौन्दर्यीकरणका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभएको छ ।
घरको पिँढीबाट लडेर घाइते हुनुभएका गोरखाका एक जना वृद्धको मृत्यु भएको छ । गोरखा सिरानचोक गाउँपालिका –८ माथिल्लो फिनाम बस्ने वर्ष ६८ का भिमु गुरुङको मृत्यु भएको हो ।
दोस्रो नेपालभाषा मंकाःखल राष्ट्रिय र्यापिड रेटिङ प्रतियोगिताको पहिलो दिन नेपाल च्याम्पियन रौतहटका रुपेश जैसवालसहित पाँच खेलाडीले चार खेल जितेर शीर्ष स्थान बनाउनुभएको छ । उहाँले शैलेश श्रेष्ठ, अशोक मोहन श्रेष्ठ, जनार्दन श्रेष्ठ र सुरज महर्जनलाई हराएर चार अङ्क बनाउनुभयो ।