अमरराज नहर्की
तनहुँ, कात्तिक २० गते । घरको पिँढीबाट लडेर घाइते हुनुभएका गोरखाका एक जना वृद्धको मृत्यु भएको छ । गोरखा सिरानचोक गाउँपालिका –८ माथिल्लो फिनाम बस्ने वर्ष ६८ का भिमु गुरुङको मृत्यु भएको हो ।
आइतबार पिँढीबाट आँगनमा लड्दा उहाँको टाउकोमा चोट लागेको थियो । गुरुङलाई तत्काल उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जौबारी गोरखा लगेकोमा सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।
घटनाको मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धानको काम सम्पन्न गरी मृतकको आफन्तमार्फत जाहेरी दरखास्त लिई मृतकको शव पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।