कबिन्द्र नेपालमणिग्राम (रुपन्देही), जेठ २५ गते। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश सभाको बुधबार बसेको दशौं अधिवेशनको छैठौं बैठकमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले सरकारले तयार गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। ‘सम्मृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश’ बनाउने संकल्पका साथ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा प्रदेशको कृषि, स्वास्थ्य, उद्योग र पर्यटन क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख शेरचनले लुम्बिनी प्रदेशलाई आत्मनिर्भर बनाउन कृषि उत्पादनलाई बढाउने तथा निर्यातलाई प्रोत्साहन र आयातलाई निरुत्साहन गर्ने नीति अवलम्बन गर्ने उल्लेख गर्नुभयो। लुम्बिनी प्रदेशलाई लगानीको हब बनाउन लगानी सम्मेलन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। त्यसैगरी लगानीमैत्री वातावरण निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने, गरिबी न्यूनिकरण तथा प्रदेशको स्थायी राजधानी व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा जोड दिइएको छ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र पाल्पाको रामपुरदेखि रोल्पाको कपुरकोट जोड्ने जीवराज आश्रित कृष्णसेन इच्छुक राजमार्ग निर्माणलाई प्रदेशकै गौरवको आयोजनाको रुपमा नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ। त्यसैगरी अर्घाखाँचीको नौमुरे जलविद्युत आयोजनालाई संघीय सरकारसँग सहयोग र समन्वयमा निर्माण अघि बढाउने, बुटवललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानीका रुपमा विकास गर्ने संकल्प नीति तथा कार्यक्रममा गरिएको छ। मृर्गौला, मुटु रोगी र क्यान्सर जस्ता रोगका बिरामीलाई दुई लाख रुपैयाँ उपचार खर्च दिने व्यवस्था नीति तथा कार्यक्रममा गरिएको छ। सुत्केरीलाई पोषण खर्च दिने र गर्भवतीलाई अति आवश्यक बेला निःशुल्क हवाई सेवा उपलब्ध गराउने कार्यक्रममा उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा छोरीको शिक्षा प्रदेश सरकारको प्राथमिकता भन्ने नारा आत्मसाथ गरेर कार्यक्रम सञ्चालन गर्ने, रुपन्देहीको छपियामा विज्ञान प्रयोगशाला स्थापना गर्ने, युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने, प्रदेशका विभिन्न स्थानमा खुला व्यायामशाला निर्माण गर्ने, मुख्यमन्त्री खेलकुद कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा कृषिलाई बढी जोड दिँदै प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन विभिन्न कृषि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। कृषि उत्पादन अन्तर्गत आयात घटाउने र निर्यातलाई बढाउन कृषिमा विभिन्न अनुदान, सुलभ ऋण, सहयोग तथा कृषिमा रोजगारी बढाउन आयमूलक कार्यक्रमका साथै रैथाने बालको संरक्षणलाई प्राथमिकतामा राखिएको छ। ‘एक स्थानीय तह एक नमूना उत्पादन’ नीति लागू गर्ने, कृषि अनुदानलाई प्रतिफलमा आधारित बनाउने, स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गर्ने, चक्लाबन्दी कार्यक्रमलाई प्रोत्साहन गर्ने र बाँझो जमिन राख्न नपाउने नीतिलाई कडाईका साथ लागू गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ।त्यसैगरी नीति तथा कार्यक्रममा एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम निर्माणलाई प्राथमिकता दिइएको छ भने लुम्बिनी प्रदेशलाई लगानी हवको रुपमा विकास गर्न साना, घरेलु र कुटिर उद्योग स्थापना गर्न ग्रामीण तहका लगानीकर्तालाई प्रोत्साहन गरिने उल्लेख छ। लुम्बिीलाई बुद्ध सर्किटसंग जोड्ने गरि बृहद बुद्ध सर्किट निर्माण गर्ने, लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हिल स्टेशन निर्माण गर्ने, होमस्टेलाई स्थानीय संस्कृतिसँग जोडन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, पर्यटन पूर्वाधार विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा छ। त्यसैगरी नीति तथा कार्यक्रममा कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न केन्द्र सरकारसँगको समन्वयमा प्रकृया अघि बढाउने, डिजिटल प्रदेशको अवधारणा अघि बढाउन हातहातमा प्रदेश सरकार भन्ने नारासहित विद्युतीय सेवालाई विस्तार गर्ने, पत्रकारको सीप र क्षमता बढाउन विभिन्न सीपमूलक तालिम कार्यक्रम संचालन गर्ने, टिमुर र तेजपत्तालाई प्रदेशको जडिबुटी श्रोतका रुपमा विकास गर्ने, वनलाई रोजगारीसँग जोड्ने, ज्येष्ठ नागरिक ग्राम निर्माण गर्ने उल्लेख गरिएको छ।त्यसैगरी कृषिको आधार सिंचाईमा सुधार कार्यक्रम सञ्चालन गर्ने, उज्यालो लुम्बिनी प्रदेश अवधारणा लागू गर्ने, विद्युतीय सवारी साधन प्रयोगमा प्रोत्साहन गर्ने, विद्युतीय चुह्लोको प्रयोगलाई बढावा दिने नीति कार्यक्रममा उल्लेख छ। पुँजीगत खर्च बढाउन प्रत्येक आर्थिक वर्षको अन्तिम महिनामा खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्ने र बेरुजु घटाउने अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
सिरहा र सप्तरीको सीमाना रहेको बलान नदीले स्थानीयको उर्वर भूमि तथा डुवान गर्न थालेपछि नगरपालिकाले नियन्त्रणको प्रयासमा जुटेको छ ।
काठमाडौं, जेठ २५ गते । गायक प्रकाश दूतराज र शान्तिश्री परियारको आवाजमा नयाँ गीत 'मन भुल्छ' सार्वजनिक गरिएको छ । चर्चित गीत ‘जाम भो माइली’पछि दूतराजले 'मन भुल्छ' ल्याउनुभएको हो । प्रकाशकै शब्द तथा संगीत रहेको यो गीतलाई कृष्ण विकले एरेन्ज गर्नुभएको हो । गीतको भिडियोमा भने यसअघिकै भिडियोका पात्रहरुलाई समेटिएको छ । प्रकाशका ‘बैनी झ्यालैमा’, ‘चोली मैलै भो’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’ चर्चित गीतका भिडियोहरु हुन् । भिडियोमा प्रकाश दूतराजसँगै सुजल बम, भूमिका गिरी, जुना सुन्दास, आयुष्मा कार्की, विजय पुन, गीता ढुंगाना र रोशनी कार्कीको अभिनय देख्न सकिन्छ । यस्तै, मौसम हिमालीले भिडियोको निर्देशन गर्नुभएको हो भने अनिल के मानन्धरले खिच्नुभएको भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गर्नुभएको हो ।
प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेट भएको छ । प्रधान सेनापतिको कार्यालय जङ्गी अड्डामा बुधबार भेट भएको हो ।
जर्मनी र इङ्ल्यान्डले युइएफए नेसन्स लिग फुटबलमा बराबरी खेलेका छन् । मंगलबार राति भएको लिग ‘ए’ समूह ३ को खेलमा जर्मनी र इङ्ल्यान्डले १–१ गोलको बराबरी खेलेका हुन् ।
कुनै समय जिल्लाको प्रमुख हाटबजार र मानिसको अत्यधिक चहलपहल हुने सर्लाहीका दर्जनौँ ग्रामीण बस्ती अहिले सुनसान छन् । जिल्लाको त्रिभुवननगर, हरिपूर्वा, सङ्ग्रामपुर, पिप्राभित्ता, गोडैता, डाबरी, गैर, सोल्टीलगायत पहिलेका मुख्य बजारक्षेत्र हिजोआज ओझेलमा पर्दैगएका छन् ।
काठमाडौं, जेठ २५ गते। नेकपा (माओवादी केन्द्र) का सांसद बिना मगरले सुदूरपश्चिम प्रदेशमा आमसञ्चार क्षेत्रको समग्र विकास सम्बन्धमा जोड दिनुभएको छ।बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले शहीद भीमदत्त आमसञ्चार स्थापनामार्फत् सो कार्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। “सुदूरपश्चिमको कैलालीमा औद्योगिक क्षेत्रमा आवश्यक होमवर्क पुगिसकेको छ, यता पनि ध्यान केन्द्रित रहोस्। खनिजसँग सम्बन्धित कुरालाई योजनाबद्व ढंगले अगाडि बढाइयोस्”, उहाँले भन्नुभयो।आमसञ्चारको विकासका लागि त्यहाँका विद्यालयमा आधुनिक शिक्षा प्रणालीलाई प्रयोग गर्नुपर्ने र नपुगेका कुरामा पहुँच वृद्वि गरिनुपर्ने उहाँको भनाइ छ। सबै विषयमा औद्योगिकीकरणको विषय उठेको बेला हरेक घरका महिलालाई उद्योग र उत्पादनसँग जोड्नुपर्नेमा उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। ‘‘खासगरी, साना उद्योगमा सरकारले ध्यान दिनसक्नुपर्छ’, उहाँले बताउनुभयो।
व्यास गाउँपालिका –१ तिङ्कर गाउँमा नेपाल टेलिकमको फोन सेवा सञ्चालनमा आएको छ । तिङ्करमा पहिलो पटक नेपाल टेलिकमको फोन सेवा सञ्चालनमा आएको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिनुभयो ।
समुद्रको पिँधमा भेटिने हिराजस्तै यहाँको सायल झरनाको महत्व बढ्दैगएको छ । भौगोलिक विकटता तर प्रकृतिको अनुपन सौन्दर्य भएको एउटा क्षेत्रको रुपमा परिचित छ यो झरना ।
बागलुङ समाचारदाताबागलुङ, जेठ २५ गते। बागलुङको बरेङ गाउँपालिका-४ सल्यानका किसान खत्री गत वैशाख १५ गतेसम्म वडा कार्यालयमा सहयोगीको भूमीकामा हुनुहुन्थ्यो। पहिलो स्थानीय तह निर्वाचनपछि स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित लिलबहादुर खत्रीले नियुक्त गर्नुभएको थियो। पाँच वर्ष कार्यालय सहयोगीको भूमीकामा जनताको सेवा गर्नुभएको किसान खत्रीले दोस्रो स्थानीय तह निर्वाचनमा आफैलाई नियुक्त गर्ने वडाध्यक्षलाई पराजित गर्दै वडाध्यक्ष बन्नुभएको हो। राजीनामा दिएको पन्ध्र दिनमा जनताबाट अनुमोदित भएर किसान वडाध्यक्षको जिम्मेवारीमा पुग्नुभएको हो। उहाँ सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको थियो। लिलबहादुर फेरि पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो। किसानले ३०४ मत प्राप्त गर्दा लिलबहादुरले २७७ मत प्राप्त गर्नुभएको थियो। ‘कार्यालय सहयोगी भए पनि जनताको सेवामा थिएँ’ उहाँले भन्नुभयो, ‘अब पनि जनताकै सेवक भएर काम गर्छु।’ स्थानीय विकास निर्माणको लागि सबैलाई समेटेर जाने किसानको भनाइ छ। अध्यक्षका प्रतिस्पर्धी लिलबहादुरले जनताको मतलाई सम्मान गर्दै आफ्नो क्षेत्रको समृद्धिको लागि पाँच वर्षीय अनुभव र सिकाइको प्रयोग गर्ने बताउनुभयो। फरक भूमीकामा भएपनि जनप्रतिनिधिलाई निरन्तर सहयोग गर्ने उहाँको भनाइ छ। बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद पौडेल अध्यक्ष र नेपाली कांग्रेसका दिलीप पुन उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो। पाँच वटा वडा रहेको बरेङमा २ वटा वडा राजमो, २ वटा कांग्रेस र एउटा वडामा नेकपा (एमाले) विजयी भएको छ।
जिल्लामा धान खेतीका लागि मात्रै १२ सय मेट्रिक टन डीएपी, तीन हजार मेट्रिक टन युरिया र ५० मेट्रिक टन पोटास मल माग भएको कृषि सामग्री कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल १६५ मेट्रिक टन डीएपी मात्रै मौज्दात रहेको छ ।
रमेश विश्वकर्मा गुल्मी जेठ २५ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार रेसुङ्गा नगरपालिकाको सभाहलमा नगरप्रमुख खिलध्वज पन्थीले कार्यपालिका सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहणपछि कार्यपालिका सदस्यलाई नगरप्रमुख पन्थीले आम नागरिकको पीर र मर्का बुझेर काम गर्न आग्रह गर्नुभयो । खाली समयमा पनि नगरपालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ ? भनेर सोचेर बस्न आग्रह गर्दै रचनात्मक सुझाव आफूहरुलाई दिन पनि आग्रह गर्नुभयो । नगरबासीको अभिभावकत्व आफूले ग्रहण गरेको उल्लेख गर्दै नगरप्रमुख पन्थीले पुरातनवादी चिन्तले विकास अगाडि बढ्न नसक्नेसमेत उल्लेख गर्नुभयो। नगरप्रमुख पन्थीले जनमतलाई नबिर्सिएर काम गर्न पनि आग्रह गर्नुभयो । नगरकार्यपालिकाको महिला/दलित वा अल्पसङ्ख्यक सदस्य पदको निर्वाचनमा नेपाली कांग्रेसबाहेक अन्य राजनीतिक दलबाट उम्मेदवारी नपरेपछि उम्मेदवारी दिएका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार यमबहादुर विश्वकर्मा, बालकृष्ण बराल, सीता विश्वकर्मा, पुष्पा पन्थी, कमला धुरेल, शोभ नेपाली, मनीषा खत्री र सावित्रा श्रेष्ठ निर्वाचित हुनभएको हो ।
नेकपा (एमाले)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले पाँच महिनादेखि बन्द रहेको त्रिभुवन विश्वविद्यालय सुचारु गर्न सरकारसँग माग गरेको छ ।
नेपाली कांग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले देशमा भइरहेको मल अभाव आपूर्तिका लागि भारतसँग कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ ।
चराका क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आउनुभएका वासु विडारीले ‘चाईनिज पोन्ड हेरोन’ चरा नेपालमा पहिलो पटक देखापरेको जानकारी दिनुभयो ।