काठमाडौँ, वैशाख १३ गते । सरकारले काठमाडौँ, तराई, मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत ललितपुरस्थित खोकनामा जग्गा प्राप्तिसम्बन्धी विषय यथाशीघ्र समाधान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको बैठकले जग्गा प्राप्तिको विषयलाई चाँडै निष्कर्षमा पु-याउने निर्णय गरेको हो । बैठकपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खोकनाको जग्गा प्राप्तिसम्बन्धी उत्पन्न समस्या समाधान गर्न उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा सहजीकरण समितिले काम अघि बढाइरहेको र यो विषय चाँडै टुङ्गिने बताउनुभयो।
त्यसैगरी गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बलको नियमावली संशोधन गर्ने निर्णय भएको उहाँले बताउनुभयो। उहाँका अनुसार बैठकले कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी विधेयक संसदीय समितिमा पठाउने निर्णय गरेको छ। मन्त्री ज्वालाले जग्गा कित्ताकाटसम्बन्धी विधेयकलाई अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय भएको बताउनुभयो।