नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौंमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।
तानसेनको बाँसटारीमा ‘ट्रायल सेन्टर’ निर्माण भएको छ । पाल्पासहित छिमेकी जिल्लाका नागरिकलाई साना सवारीसाधनको लाइसेन्स दिन ‘ट्रायल सेन्टर’ सुचारु गरिएको हो ।
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरूले उठाएका प्रश्नहरू पनि वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गर्नु भएको छ ।
मकवानपुरको बकैया गाउँपालिकामा ८५ लाख रुपियाँको लागत झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।
ठूला व्यवसायीहरू वर्षौँदेखिको राज्यलाई बुझाउनु पर्ने कर नतिरेका कारण राजश्व (कर) सङ्कलनको लक्ष्य प्राप्तिमा समस्या उत्पन्न भएको छ ।
संसदमा भूकम्प स्मृति दिवस, आगलागी, किसानको अनशन, नेपालको हवाई सुरक्षा, आर्थिक सङ्कट र भ्रष्टाचारलगायतका विषयले प्रवेश पाएको छ ।
चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा २२ उम्मेदवार मध्ये १९ जनाको जमानत जफत भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्राविधिक समस्या देखिएको ‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको भन्ने कुरा अहिलेसम्म पुष्टि नभएको बताउनुभएको छ ।
नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताउनुभएको छ ।
साङ्गीतिक व्याण्ड ‘अमध्यम’ले दोस्रो नयाँ गीत ‘बैसालु’को म्युजिक भिडियो ल्याएको छ ।
पोखराका पर्यटन व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सिधा हवाई सम्पर्क स्थापनाका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् ।
नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले पुराना पुस्तकालयहरूको संरक्षण र नयाँ पुस्तकालय खोल्नका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
धनुषाको मिथिला नगरपालिकाले परम्परागत अन्न बाली कोदो खेती प्रवर्द्धनका लागि किसानलाई शतप्रतिशत अनुदानमा कोदोको बिउँ वितरण गर्न थालेको छ ।