पाल्पामा सामूहिक रुपमा गोवर्धन पूजा गरिएको छ । रामपुर नगरपालिका–६, तातोपानीस्थित नगर गौशालामा निर्माण गरिएको गोवर्धन पर्वतमा तिहारको चौथो दिन आज सामूहिक पूजा गरिएको हो ।
अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध हुन मकवानपुरको भीमफेदी गाउँपालिकाले आवेदन माग गरेको छ ।
उत्तरी भारतमा एक सयभन्दा बढी उद्धारकर्मीहरूले मङ्गलबार तेस्रो दिन पनि निर्माणाधीन सडक सुरुङ भत्किएपछि सुरुङभित्र फसेका मजदुरहरूलाई बचाउन सङ्घर्ष गरिरहेका छन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय सम्वतको रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
भूकम्पमा परी घाइते भएका थप दुई जना बिरामीलाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ ।
एउटा इन्जिनमा समस्या देखिएर सिमकोट विमानस्थलमै रोकिएको नेपाल एयरलाइन्सको ट्वीनीटर जहाजको अर्को ईन्जिनमा पनि उस्तै समस्या देखिएको छ ।
बाँकेमा चाडपर्वका बेला माटोको भाँडा बढी बिक्री हुने आशामा बसेपनि भाँडा बिक्री निकै कम हुँदा कसगर समुदायको चिन्ता बढेको छ ।
बंगलादेशले बीआरआईअन्तर्गत बनाइएको पहिलो हरियो मल कारखाना सुरु गरेको छ ।
झापाको कनकाई नगरपालिका-५ स्थित चप्रामारीबाट विद्युतीय ट्रान्सफर्मर चोरी भएको छ ।
संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्वहरुलाई विश्वस्तरमा चिनाउन सक्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सम्वतलाई राष्ट्रिय संवतको रुपमा मनाउन संकीर्णता गर्नु नहुने बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापा क्षेत्रीले हाम्रोजस्तो विकासोन्मुख मुलुकका जनताले सांसद कानुन निर्माण भन्दा बढी विकास निर्माणमा केन्द्रित भएको रुचाउने बताउनुभएको छ । उहाँले सांसद देशका आवश्यक नीति नियम बनाउने काममा लाग्नुपर्ने भए पनि जनताका अपेक्षा र हाम्रो राजनीतिक संस्कृतिका कारणले गर्दा विकास निर्माणमा बढी लाग्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । भक्तपुर क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा २४ हजार दुई सय ३९ मतका साथ उहाँ विजयी हुनुभएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शङ्खधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति भएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्नुहुँदै । मङ्गलवार भक्तपुरमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान शंखधर चोक, मध्यपुर ठिमीद्वारा ठिमीमा नेपाल संवत्का प्रवर्द्धक कार्यक्रमको आयोजना गरिएको थियो ।
झापा कनकाई नगरपालिका-९ घैलाडुब्बा सडकमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।