नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुल्सन झालाई सोमबार गृह जिल्ला सर्लाहीमा अभिनन्दन गरिएको छ ।
आइतवार राहत सामग्री लिएर नलगाड नगरपालिका १३ मा आएको हेलिकोप्टर ल्याण्ड गर्दा खच्चरको भागदौड हुँदा एक जना भेरी नदीमा खसेर बेपत्ता हुनुभएको छ ।
जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भई नेपालगञ्जस्थ्ति भेरी अस्पतालमा उपचारका लागि ल्याइएका बिरामी निको भएर डिस्चार्ज भएपछि डिजास्टर (विपद्) वार्ड खाली भएको छ ।
मकवानपुरको थाहा नगरमा आगामी मङ्सिरमा हुने थाहा फिल्म फेस्टिवल–२०२३ को तयारी तीव्र बनाइएको छ ।
पछिल्लो समय कालीकोटमा पुर्खाको सीप हराउन थालेको छ । अघिल्लो पुस्ताको सीपलाई अहिलेका पुस्ताले नसिक्दा पुर्खाका सीप बिस्तारै हराउँदै जान थालेको हो ।
योग गुरु रामदेवले जाजरकोटका भूकम्पपीडितलाई आठ ट्रक राहत सामग्री पठाउनुभएको छ । पतंञ्जली योगपिठ हरिद्वार उत्तराखण्ड भारतबाट विभिन्न राहत सामग्री लिएर सोमवार ट्रक आइपुगेको हो ।
पछिल्लो समयमा बाँके र बर्दिया निकुञ्जभित्र चोरीशिकारी गर्नेहरु बढ्दैगएको पाइएको छ । केही महिना यता आएर पटक पटक अवैध रुपमा निकुञ्जभित्र छिर्नेलाई सेनाको गस्ती टोलीले पक्राउ गर्दैआएको छ ।
बाँकेको राप्तीसोनारीमा गएराति एक सैनिक जवानमाथि कुटपिट भएको छ । कुटपिटबाट नेपाली सेनामा कार्यरत जवान गम्भीर घाइते हुनुभएको छ ।
चाडपर्व लक्षित सुरक्षा योजना सञ्चालन गरेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले हालसम्म विभिन्न कसुरमा १२५ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र धम्की सम्बन्धमा उनीहरूको संयुक्त प्रतिरोध रणनीति अद्यावधिक गरेका छन् ।
मोरङको उर्लाबारी–७, इटरोडस्थित दीपक कार्कीको घरमा आइतबार साँझ भएको आगलागी नियन्त्रण प्रयासमा घाइते भएकामध्ये केहीलाई थप उपचारका लागि काठमाडौं लगिनेभएको छ ।
चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई रजतपदक दिलाउने कराते खेलाडी एरिका गुरुङ आज सम्मानित हुनुभएको छ ।
सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ ।
बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो ।
देशकै पहिलो होमस्टे सिरुबारी, धार्मिक पात्र श्रवणकुमारलाई राजा दशरथले बाँण हानेको स्थल लगायतका प्रख्यात पर्यटकीयस्थल आँधीखोला गाउँपालीकामा पर्छ । त्यहाँस्थित माझुभञ्ज्याङमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्नेगरेको छ ।