साहित्यकार शारदा ज्ञवाली ढकालद्वारा लिखित ‘पोखिएको मन’ कविता सङ्ग्रह तथा ‘गजलश्रु’ गजल सङ्ग्रह विमोचन गरिएको छ ।
सिमकोटबाट नेपालगन्जका लागि उडान भर्ने क्रममा जहाजमा प्राविधिक समस्या आएपछि नेपाल एयरलाइन्सको ट्वीनीटर जहाज सिमकोट विमानस्थल मै रोकिएको छ । अचानक जहाजको बायाँ इन्जिनमा खराबी आउँदा जहाज सिमकोट विमानस्थल मै रोकिनु परेको हो ।
कालिगण्डकी गाउँपालिका १ प्युघामा गए राती डबल क्याप जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
भोजपुर नगरपालिका–८, बर बोटका ज्ञानराज विष्टको घरमा आगलागी हुँदा २६ लाख ५० हजार बराबरको क्षति भएको छ । लक्ष्मीपूजा गरेको दिगोबाट आगो सल्केर घरमा एक्कासि आगलागी हुँदा घरमा भएको सुनचाँदी, नगद पैसा, अन्नपात लगायत सामग्रीहरू जल्दा सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बुले जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गर्नुभएको छ । कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन सोमबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रले देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न ठुलो आधार प्रदान गरेको बताउनुभएको छ ।
यतिबेला सबैतिर तिहारको रमझम छ । तिहारको तयारीमा सबै गाउँ तथा सहरका मान्छे जुटेका छन् । तर, रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१ वडामा भने तिहारको कुनै मतलब छैन । यहाँका वडावासी परापूर्व कालदेखि नै तिहार मनाउँदैनन् ।
संस्कृतिविद् एवम् सह–प्राध्यापक डा. राजनलाल जोशीले तिहारमा पाँच दिन गरिने पूजा विधि तथा यसको धार्मिक एवम् सांस्कृतिक महत्वको विषयमा धारणा राख्नुभएको छ ।
गए राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिनुभयो । लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्नका लागि मन्त्रीहरूमा गम्भीरता नदेखिएको बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले विधेयक पारित गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले गम्भीरता नदेखाएका बताउनुभएको हो । उहाँले मन्त्रीहरूले विधेयक ल्याउनका लागि नै चासो नदेखाएका बताउनु भयो ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु २० लाखको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको थियो ।
तिहारको अवसरमा पोखरा महानगरपालिकाले यस वर्षदेखि सामूहिक भाइटीका कार्यक्रम गर्ने भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन मध्य पहाडी राजमार्गको कास्की खण्डको पोखरा महानगरपालिकाभित्र उत्पन्ने समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिएको छ ।
कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।