प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शङ्खधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति भएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्नुहुँदै । मङ्गलवार भक्तपुरमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान शंखधर चोक, मध्यपुर ठिमीद्वारा ठिमीमा नेपाल संवत्का प्रवर्द्धक कार्यक्रमको आयोजना गरिएको थियो ।
झापा कनकाई नगरपालिका-९ घैलाडुब्बा सडकमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
पुतलीबजार नगरपालिका १ दुर्गा नगरको एक घरमा गए राती आगलागी भएको छ । स्थानीय खेम नारायण शर्माको घरमा आगलागीबाट अन्दाजी २५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पाल्पाको रामपुरमा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना गम्भीरसहित पाँच जना घाइते भएका छन् ।
नेपाली सेनाले संस्कृति झल्किने शैलीको देउसी–भैलो खेलेको छ । अमरगढी नगरपालिका–१ दहमा रहेको नेपाली सेनाको रण बम गणले जिल्ला सदरमुकाम बागबजारमा देउसी–भैलो खेलेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा [ब्ल्याङकेट] वितरण गर्नुभएको छ । इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उहाँले दुई-दुई ब्ल्याङकेट वितरण गर्नुभएको हो ।
तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा प्रबद्र्धनमा जोड दिँदै आएको छ । केन्द्रले नेपालको हावापानी अनुकूल, रोगसँग प्रतिरोधात्मक क्षमता बढी, बधुवा तथा चरिचरण गरी पाल्न सहज हुने भएकाले सो प्रजातिको बाख्रालाई प्राथमिकता दिएको हो ।
दोलखाको बिगु गाउँपालिका–१ जामुनेबाट बरामद भएको ११ किलो अवैध सुन अन्तर्राष्ट्रिय भुक्तानी क्रिप्टोमार्फत कारोबार भएको खुलेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीद्वय शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउनु हुने भएको छ ।
मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको [नेचुङ–लिजी] बजार आवत जावत गर्न पाउने भएका छन् । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४’ प्रारम्भ भएको अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूमा शुभकामना दिनु भएको छ ।
नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिनुभएको छ ।